२८ वैशाख, काठमाडौँ । एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज बैशाख २८ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि बैशाख २९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज बैशाख २८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
कम्पनीले जेठ १० गते भर्चुअल माध्यमबाट सम्पन्न गर्ने गरि सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छ । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतले हुन आउने ८ करोड ७६ लाख ७४ हजार ४ सय रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशतले हुन आउने ४६ लाख १४ हजार ४ सय ४२ रुपैयाँ बराबरको नगद गरि कुल ८.४२ प्रतिषत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रहेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
वि.सं.२०७८ वैशाख २८ मंगलवार १०:३८ मा प्रकाशित



























