back
CTIZAN AD

काठमाडौं उपत्यकामा फेरि दुई साता थपियो निषेधाज्ञा

वि.सं.२०७८ वैशाख २८ मंगलवार

747 

shares

वैशाख २८, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप दुई साता लम्बिने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार आगामी सातामा निषेधाज्ञामा थप कडाई गरिनेछ । उनका अनुसार अत्यावश्यकबाहेकका कार्यालयसमेत बन्द गर्ने निर्णय भएको छ ।

साथै होटल तथा पार्टी प्यालेसमा हुने विवाहका कार्यक्रममा पनि रोक लगाइएको उनले बताए । उनका अनुसार घरमा गरिने यस्ता कार्यक्रममा समेत १० जनाभन्दा बढि सहभागी गराउन पाईने छैन् ।

पराजुलीले जनाएअनुसार अत्यावश्यक सामाग्री खरिदमा पनि केहि समय थप गरिएको छ । अब बिहान १० बजेसम्म अत्यावश्यक सामाग्रीका पसलहरु खुल्ला हुनेछन् ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण तीव्र फैलिएसँगै उपत्यकाका तीन वटै जिल्लामा पहिलो पटक वैशाख १६ देखि २२ गतेसम्म निषेधाज्ञा जारी भएको थियो । तर निषेधाज्ञापश्चात पनि कोरोना संक्रमण तिव्र बनेसँगै निषेधाज्ञा थप गरिँदै लगिएको हो ।

सोमबार मात्रै देशभर ९ हजार २ सय ७१ कोरोना संक्रमित थपिएका थिए । जसमध्ये उपत्यकामा मात्रै आधा संक्रमित देखिएका थिए ।

वि.सं.२०७८ वैशाख २८ मंगलवार १४:३७ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...