back
CTIZAN AD

‘विदेशी नियोगको समेत सहयोग लिएर अक्सिजन आपूर्ति गरी जनताको जीवन रक्षा गरियोस्’

वि.सं.२०७८ वैशाख २९ बुधवार

675 

shares

२९ बैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री जर्नादन शर्माले राज्यका सम्पूर्ण स्रोत साधन प्रयोग गरेर कोरोनाको महामारीले आक्रान्त जनताको जीवन रक्षाको माग गरेका छन् ।

नेता शर्माले काठमाडौंमा मात्र दैनिक ८ देखि १० हजार सिलिण्डर उत्पादन हुने भएपनि त्यसको कहाँ प्रयोग भइरहेको छ र कसले कति खपत गरेको भन्ने जनतालाई जानकारी गराउन समेत आग्रह गरेका छन् ।

उनले राज्यसँग भएको सम्पूर्ण स्रोतसाधन ४ वटा जहाजहरु समेत प्रयोग गरेर संभव भएका विदेशी नियोग समेतको सहायता लिइ अक्सिजन आपूर्ति सहज गरि जनताको जीवन रक्षा गर्न माग गरेका छन् ।

काठमाडौंमा समेत अक्सिजन अभावमा अस्पतालले बिरामी उपचार गर्न नसक्ने घोषणा गरेका छन् । काठमाडौंमा मात्र दैनिक ८-१० हजार…

Posted by Janardan Sharma’Prabhakar’ on Tuesday, May 11, 2021

‘क्षमता वृद्धि गर्न नसकेपनि उक्त अक्सिजनको खपत बारे जनतालाई जानकारी गराइयोस । राज्यसंग भएको सम्पूर्ण श्रोतसाधन ४ वटा जहाजहरु समेत प्रयोग गरि संभव भएका विदेशी नियोग समेतको सहायता लिइ अक्सिजन आपूर्ति सहज गरि जनताको जीवन रक्षा गरियोस् । म जनताको जीवन रक्षा गर्न आपनो ठाउँबाट सम्पुर्ण सहयोग गर्न प्रतिबद्ध छु ।।’ नेता शर्माले सामाजिक संजालमा लेखेका छन् ।

 

वि.सं.२०७८ वैशाख २९ बुधवार १३:०६ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...