back
CTIZAN AD

अक्सिजन अभाव रहेको भन्दै ग्राण्डिले भन्यो–थप विरामीको उपचार गर्न नसकिने भयो

वि.सं.२०७८ वैशाख २९ बुधवार

651 

shares

२९ बैशाख, काठमाडौं । ग्राण्डी इन्टरनेशनल अस्पतालले अक्सिजनको अभाव रहेको भन्दै थप विरामीको उपचार गर्न नसकिने बताएको छ ।

कोरोना संक्रमितको उपचारमा कटिबद्ध भएर लाग्दा पनि सरकारको नियम अनुसार दैनिक १०० सिलिण्डर मात्र अक्सिजन प्राप्त हुने भएको कारणले थप विरामी भर्ना गरेर उपचार गर्न नसकिने अस्पतालले जनाएको हो ।

‘ग्राण्डी हस्पिटल कोभिड १९ विरामीहरुको उपचारमा कटिबद्ध भएर लाग्दा लाग्दैको अवस्थामा पनि नेपाल सरकारको नियम अनुसार दैनिक १०० सिलण्डिर मात्र अक्सिजन प्राप्त हुने भएको कारणले गर्दा हामीले चाहे अनुसारको थप विरामीको भर्ना गरेर उपचार गर्न असमर्थ छौं । अक्सिजनको मात्रा आवस्यकता अनुसार प्राप्त भएसँगै थप विरामीहरुको भर्ना गरिने जानकारी गराउँदछौं ।’ अस्पतालद्धारा जारी सूचनामा भनिएको छ ।

यसअघि राजधानीको चावहिलस्थित मेडिकेयर, हेल्पिङ हेण्ड्स, ललितपुरको मेडिसिटी अस्पताल नेपाल मेडिकल कलेज लगायतका अस्पतालले अक्सिजनको अभावमा विरामी भर्ना लिन नसकिने भनेर सूचना जारी गरिसकेका छन् ।

त्यस्तै भक्तपुरको भक्तपुर अस्पताल, नेपाल कोरियामैत्री अस्पतालमा भर्ना भएका विरामीका लागि अक्सिजन नभएका कारण विरामीको उपचारमा कठिनाइ भएको जनाएका थिए । उनीहरुले अक्सिजनका लागि मंगलबार बेलुकादेखि सीसीएमसी गुहारे पनि नपाइएको गुनासो गरेका थिए ।

भक्तपुरका अस्पतालमा अक्सिजन सकियो, सिसीएमसी गुर्हादा पनि पाइएन

 

वि.सं.२०७८ वैशाख २९ बुधवार १३:२९ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...