back
CTIZAN AD

‘आपसी झगडाले संविधान कार्यान्वयन खतरामा’

वि.सं.२०७३ माघ २४ सोमवार

852 

shares

baburam bhattarai२४ माघ,पोखरा  । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले राजनीतिक दलबीचको आपसी झगडाले संविधान कार्यान्वयन खतरामा पर्दै गएको बताउनुभएको छ ।

चन्द्रसिंह कुलुङद्वारा लिखित ‘पहिचान र आदिवासी जनजातिको सर्वाङ्गीण विकास’ नामक पुस्तकको आज यहाँ विमोचन गर्दै उहाँले मधेसी, जनजाति र उत्पीडित समुदायका माग सम्बोधन हुने गरी संविधान संशोधनमा गम्भीर बन्न सवै दलसँग आग्रह गर्नुभयो ।

संयोजक डा भट्टराईले स्थानीय तह, प्रादेशिक तथा केन्द्रीय निर्वाचन सम्पन्न भएपछि मात्रै संविधान कार्यान्वयन हुने र त्यसपछि मात्रै मुलुक शान्ति र समृद्धिको बाटामा अघि बढ्ने भएकाले तत्काल निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा राप्रपाका नेता लोकेन्द्रबहादुर चन्दले पछाडि परेका जनजाति वर्गलाई अगाडि ल्याउने राज्यको परम दायित्व भएको बताउँदै आफ्नो अधिकार प्राप्तिका लागि सवै जनजाति, वर्ग र समुदायलाई मिलेर अघि बढ्न आग्रह गर्नुभयो । रासस

वि.सं.२०७३ माघ २४ सोमवार १४:२२ मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...