back

‘आपसी झगडाले संविधान कार्यान्वयन खतरामा’

वि.सं.२०७३ माघ २४ सोमवार

522 

shares
IME Limited
NTC AD

baburam bhattarai२४ माघ,पोखरा  । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले राजनीतिक दलबीचको आपसी झगडाले संविधान कार्यान्वयन खतरामा पर्दै गएको बताउनुभएको छ ।

चन्द्रसिंह कुलुङद्वारा लिखित ‘पहिचान र आदिवासी जनजातिको सर्वाङ्गीण विकास’ नामक पुस्तकको आज यहाँ विमोचन गर्दै उहाँले मधेसी, जनजाति र उत्पीडित समुदायका माग सम्बोधन हुने गरी संविधान संशोधनमा गम्भीर बन्न सवै दलसँग आग्रह गर्नुभयो ।

संयोजक डा भट्टराईले स्थानीय तह, प्रादेशिक तथा केन्द्रीय निर्वाचन सम्पन्न भएपछि मात्रै संविधान कार्यान्वयन हुने र त्यसपछि मात्रै मुलुक शान्ति र समृद्धिको बाटामा अघि बढ्ने भएकाले तत्काल निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा राप्रपाका नेता लोकेन्द्रबहादुर चन्दले पछाडि परेका जनजाति वर्गलाई अगाडि ल्याउने राज्यको परम दायित्व भएको बताउँदै आफ्नो अधिकार प्राप्तिका लागि सवै जनजाति, वर्ग र समुदायलाई मिलेर अघि बढ्न आग्रह गर्नुभयो । रासस

वि.सं.२०७३ माघ २४ सोमवार १४:२२ मा प्रकाशित

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले कृषि...

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

रौतहट । सशस्त्र प्रहरी बल नेपालले लागुऔषधको कारोबारमा संलग्न दुई...

लगातार छैटौं दिन पनि बढ्यो नेप्से

लगातार छैटौं दिन पनि बढ्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

पर्वतका रामकृष्णको बुटवलमा हयाट्रिक

पर्वतका रामकृष्णको बुटवलमा हयाट्रिक

पर्वत फलेवास नगरपालिका कुर्घाका रामकृष्ण शर्मा शनिवार साँझ बुटवलमा सम्पन्न...

नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह

नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार...

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै गलकोट (बागलुङ)...