back
CTIZAN AD

निषेधाज्ञामा आकाशियो उपभोग्य वस्तुको मूल्य

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार

711 

shares

३१ बैशाख, फुङलिङ । ताप्लेजुङमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ ।

कोरोना महामारीसँगै निषेधाज्ञा लागू भएपछि जिल्लामा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको हो । कोरोना भाइरसको सङ्क्रमण तीव्ररूपमा बढ्न थालेपछि सदरमुकाम फुङ्लिङमा गत वैशाख २० देखि जेठ २ गतेसम्म निषेधाज्ञा लागू गरिएको छ ।

निषेधाज्ञापछि फुङ्लिङ बजार बन्द भएको र उपभोग्य वस्तु सहजरूपमा ढुवानी हुन छाडेपछि मूल्य आकाशिएको हो । फुङ्लिङ बजारमा अहिले चामल, दाल, खानेतेलजस्ता खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ ।

निषेधाज्ञा अघिसम्म जुनेली चामल ३० केजीको पोका रु एक हजार ७७५ सम्ममा पाइने अहिले रु दुई हजार पर्न थालेको छ । रु दुई हजार ६२५ पर्ने ५० केजी तौलको किसान चामलको पोकालाई रु तीन हजार पर्न थालेको छ । खानेतेल सूर्यमुखी आधा लिटरको पोकालाई रु १२५ पर्न थालेको छ भने तोरी तेलको पोकालाई रु १३५ पुर्याइएको छ ।

यसरी नै मुसुरी दाललाई प्रतिकेजी रु १४५ सम्म पर्न थालेको छ । यही अनुपातमा हरेक दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको छ । यता स्थानीय व्यापारीले भने उपभोग्य वस्तुको मूल्य नै महङ्गिएको बताएका छन् । चामल र खानेतेलको मूल्य सबैभन्दा बढी वृद्धि गरिएको स्थानीय व्यवसायीको भनाइ छ । सामानको मूल्यसँगै निषेधाज्ञायता ढुवानी पनि वृद्धि गरिएको फुङ्लिङ बजारका व्यापारी दिनेश अधिकारीले बताए ।

ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्षसमेत रहेका अधिकारीले ढुवानी रकम प्रतिकेजी रु दुई वृद्धि गरी अहिले रु पाँच पुर्याइएको बताए । केही उपभोग्य वस्तुको मूल्यवृद्धि नभए पनि ढुवानी शुल्क वृद्धि भएकाले सोही अनुपातमा अहिले स्थानीय व्यापारीले महङ्गो मूल्यमा सामान बिक्री गर्नुपर्ने बाध्यता भएको अधिकारीको भनाइ छ ।

यता दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुँदा सर्वसाधारण उपभोक्ता भने मारमा परेका छन् । सदरमुकाम र आसपासका सर्वसाधारण उपभोक्ता कोरोना महामारीका कारण बढी प्रभावित बनेका छन् । निषेधाज्ञापछि उनीहरूको ज्यालादारी पनि गुमेको र बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुँदा समस्या खड्किँदै गएको हो ।
रासस

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार १०:५० मा प्रकाशित

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

भोजपुर । जिल्लाको हतुवागढी–२ लुङ्गिन क्षेत्रमा केन्द्रीय विद्युत् सेवा विस्तार...

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

भोजपुर । यहाँको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा रहेको खेलमैदान स्तरोन्नतिका...

सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की

सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सगरमाथा केवल हिमाल...

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

मोरङ । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको...