back
CTIZAN AD

शिक्षक नेता अधिकारी भन्छन् ‘आबेगमा होइन, विवेक र धैर्यता प्रदशन गरौं’

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार

732 

shares

एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले वर्तमान राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै आवेगमा होइन, विवेक र धैर्यता प्रदर्शन गर्न आग्रह गरेका छन् ।

सञ्जालमार्फत उनले भनेका छन् :

“बि स २००७ देखी निरन्तर नेपालमा वैदेशिक हस्तक्षेप नभएको होइनन्, तत्कालीन पार्टी जनता र राष्ट्रबादी नेतृत्वले सापेक्ष असफल पार्दै ल्यायो। नेपाल राष्ट्र निर्माण देखी नै नेपालमा राष्ट्रियताका सवालमा भिमसेन थापा प्रवृत्ति र जङ्गबहादुर प्रवृत्ति टकराब हुँदै आएको देखिन्छ । सापेक्षिक रूपमा कुशल राष्ट्रबादी नेतृत्वहुदा बेलाबखत वैदेशिक शक्तिकेन्द्र पछि हटने र महत्वकान्क्षी शासकहरु जनमत गुमाउन थालेपस्चात वैदेशिक शक्तिकेन्द्रको आडमा सत्तामा टिकिरहन अनेकौं प्रयत्नशील रहने गरेको दृष्टान्त हाम्रो सामु छदैछ ।

जनयुद्धका समयमा पनि किरणलगायतका नेतृत्वहरुको गिरफ्तारी, जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलन पश्चात् आन्दोलनको उपलब्धि स्वरुप निर्माण हुन खोजेको अंतरिम संविधान र सम्झौतामा समेत हस्तक्षेप हुन खोजिएको थियो तैपनि संभावना भएन । रुपमाङगत कटुवाल काण्ड, झलनाथ खनाल प्रधानमन्त्री न्युक्ती काण्ड होस वा राष्ट्रियस्वाधीनता, समानुपातिक समाबेसी संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान २०७२ जारी गर्न नदिन खोजेकै थिय,संविधान पुर्ण थिएन । आफ्नो असहमति राख्दै प्रचण्डको नेतृत्वमा घोषणा भयो। संविधानको रक्षा र कार्यनयनका लागी, अस्थिरताको अन्त्यको लागी कम्युनिष्ट चुनावी तालमेल होस वा कम्युनिष्ट केन्द्रको निर्माण प्रक्रियामा समेत निर्माण हुन नदिने प्रयत्न भएकै हुन।

नेपाली कम्युनिष्ट आन्दोलन भित्र हुर्केको रायमाझी पथ र खुर्शेब पथका नेतृत्व समयमा चिन्न नसक्दा बिदेशी शक्ति केन्द्र कम्युनिष्ट पार्टी र उपलब्धिको गला निमोठन ओलि प्रवृत्तिको घोडा चढेर आएका छ्न।

आम नेपाली जनताले बुझ्ने गरेर,साम्सदहरु खरिद बिक्रि र बन्धक बनेका छ्न, दूतावासहरुमा स्वयं उपस्थिति भएर निर्देशीत भइरहेका देखियो । प्रचण्डहरुलाई यस्तो गर्ने नैतिक छुट छैन । कम्युनिष्ट पार्टी भित्रको ढुलमुले प्रवृत्तिलाई प्रभावित गरि शक्ति केन्द्रको बलमा कठपुतली सरकार निर्माण भएको छ।

हाम्रो पार्टीको नेतृत्वमा भएको आन्दोलनको बलमानै सम्सद्को पुनर्स्थापित भयो। संघीय लोकतान्त्रिक गणतन्त्र जीवितै छ,समानुपातिक, समाबेशी लोकतन्त्रको चिर हरण गर्नसकेका छैनन्। अझै धेरै बाकी छ, एकै घटनाक्रममा हामी हतास, नहोउ, यो त एउटा मोर्चा मात्र न हो,यस्ता हजारौं मोर्चाको सफलता र असफलताबाट यहाँ आइपुगेका हौ  । अब मुल नेतृत्वलाई देखाएर अरु पन्छ्ने कि जनयुद्ध, जन आन्दोलन र मधेस आन्दोलनको एजेन्डा वरपरका सबै शक्तिहरु सचेत हुने ? प्रहार प्रचण्डलाई मात्र हो कि उपलब्धिलाई ? उपलब्धि सकियपछि प्रचण्डमात्र होइन बाबुराम, उपेन्द्र, किरण, बिप्लव, एमाले भित्रका भिम रावल, घनश्याम र यिनका पार्टी र आस्था कसैलाई बाकिराख्ने छैनन।

बिगतमा जसरी लाग्यौ अब फेरि कोरोना माहामारिको सामना गरौं, बाच्न पाउने जनताको अधिकार प्रती राज्यलाई सचेत बनाउ, राष्ट्रियता संकटमा रहेकोबेला देशभक्त शक्ति, समाजबादि शक्ति र कम्युनिष्ट शक्तिहरु बिच गम्भीर समिक्षा गरौ। इतिहास साक्षी छ जनता सधैं अग्रगमनको पक्षमा हुन्छन।”

 

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार १०:५३ मा प्रकाशित