back
CTIZAN AD

मुख्यमन्त्री गुरुङद्वारा इद पर्वको शुभकामना

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार

621 

shares

३१ बैशाख, गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आएको बताएका छन्।

मुस्लिम समुदायको सांस्कृतिक पर्व इद–उल–फित्र–२०७८ को उपलक्ष्यमा उनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै स्वदेश तथा विदेशमा रहेका मुस्लिम समुदायलगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भातृत्व एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

शुभकामना सन्देशमा मुख्यमन्त्री गुरुङले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, वहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच भातृत्व कायम गर्ने विश्वास व्यक्त गरेका छन् ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरबाट आक्रान्त भएका छौँ । तसर्थ यस विषम परिस्थितिमा एउटै घरमा बस्ने व्यक्तिबाहेक अन्यसँग भेटघाट कम गर्ने, भेटघाट गर्नैपर्ने भएमा भौतिक दूरी अनिवार्य कायम गर्ने, मास्क प्रयोग गर्ने, साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्नेलगायत जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक अपिल गर्दछु सन्देशमा उल्लेख छ । इद–उल–फित्र पर्वले सबै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने उनले शुभकामना सन्देशमा व्यक्त गरेका छन् ।
रासस

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार ११:०० मा प्रकाशित

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

मकैको खोस्टा उपयोगका लागि तालिम

मकैको खोस्टा उपयोगका लागि तालिम

दमौली (तनहुँ) । केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा...

अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा

अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा

म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

सडक स्तरोन्नतिपछि २० मिनेटको बाटो ५ मिनेटमै छोटियो

सडक स्तरोन्नतिपछि २० मिनेटको बाटो ५ मिनेटमै छोटियो

म्याग्दी । बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...