back
CTIZAN AD

नेपाल लाइफले ल्यायो “नौलो सुरक्षित जीवन बीमा योजना”

वि.सं.२०७८ जेठ २ आइतवार

507 

shares

२ जेठ, काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नौलो सुरक्षित जीवन बीमा योजना सावधिक जीवन बीमा ल्याएको छ । नेपाल लाइफले ग्राहकको आवश्यकता तथा चाहना अनुसारका बीमा योजनाहरु बजारमा ल्याउने क्रममा यो नौलो सुरक्षित जीवन बीमा योजना ल्याएको हो ।

यस बीमा योजना अन्तर्गगत बीमितले बीमालेख चालु रही बीमा अवधि समाप्ति मितिसम्म बीमित जीवित रहेमा बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम र आर्जित बोनश बीमा अवधि समाप्तिमा एकमुष्ट प्रदान गर्नेछ । त्यसैगरी, बीमालेख चालु रही बीमा अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम र आर्जित बोनश’ एकमुष्ट प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ ।

यदि दुर्घटना मृत्यु लाभ सुविधा थप लिएको छ भने चालु बीमालेख अन्तर्गत बीमा अवधि भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम, दुर्घटना मृत्यु लाभ सुविधा वापतको बीमाङ्क रकम र आर्जित बोनश रकम’एकमुष्ट भुक्तानी पाइने कम्पनीले जनाएको छ ।

त्यसैगरी दुर्घटना मृत्यु लाभ तथा अपाङ्ग अशक्त सुविधा लिएको छ भने बीमालेख चालु रही बीमा अवधि भित्र बीमितको दुर्घटनाको कारणबाट स्थायी अङ्गभङ्ग भई स्थायी अशक्तता भएमा बाँकी बीमाशुल्क भुक्तानीमा पूर्ण छुट दिइनुका साथै अपाङ्ग अशक्त सुविधा बराबर रकम मासिक १२० समान किस्ता’ मा अपाङ्ग अशक्त बीमितलाई भुक्तानी उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

यस नौलो सुरक्षित जीवन बीमा योजना अन्तर्गत वार्षिक रुपमा बीमाशुल्क भुक्तान गर्दा कम्पनीले १५ सम्म छुट प्रदान गर्ने उल्लेख अग्रेको छ। यस बीमा योजनामा ३ वर्षको बीमाशुल्क भुक्तान गरी ३ वर्ष पुरा भइसकेपछि समर्पण मूल्य प्राप्त हुने तथा बीमालेखलाई धितो राखि समर्पण मूल्यको ९०५ सम्म ऋण सुविधा लिन सकिनेछ ।

१८ देखि ७० वर्ष सम्मको कुनै पनि स्वस्थ व्यक्तिले बीमा गर्न सकिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफको बीमा शुल्क ९प्रिमियम० विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटबाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ ।

वि.सं.२०७८ जेठ २ आइतवार ११:०० मा प्रकाशित

सिटिजन लाइफ इन्स्योरेन्स द्वारा ‘सिटिजन लिडर डिस्कोर्स’ : बीमा क्षेत्रमा ऐतिहासिक प्यानल छलफल

सिटिजन लाइफ इन्स्योरेन्स द्वारा ‘सिटिजन लिडर डिस्कोर्स’ : बीमा क्षेत्रमा ऐतिहासिक प्यानल छलफल

काठमाडौं । नेपालको बीमा उद्योगमै पहिलो पटक सिटिजन लाइफ इन्स्योरेन्सले...

पोखरामा सिटिजन लाइफको एमडीआरटी २०२६ सम्मान तथा प्रशिक्षण सम्पन्न

पोखरामा सिटिजन लाइफको एमडीआरटी २०२६ सम्मान तथा प्रशिक्षण सम्पन्न

पोखरा । सिटिजन लाइफ इन्स्याेरेन्स ले एमडीआरटी २०२६ सम्मान तथा...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सद्वारा नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसरमा नेपालमै...