back
CTIZAN AD

झापाका सिडीओद्धारा चीन पढने विद्यार्थीलाई सहजकिरण

वि.सं.२०७८ जेठ ३ सोमवार

777 

shares

३ जेठ, काठमाडौँ । झापाका प्रमुख जिल्ला अधिकारीले चीनमा पढने नेपाली विद्यार्थीलाइ सहजीकरण गरिदिएका छन् ।

काठमाण्डौमा भेरोसेलको पहिलो खोप लगाएर हाल झापामा रहेका विद्यार्थीलाई उनले काठमाण्डौ जान आउन सहजीकरण गरीदिएका हुन् । झापा घर भएका चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरुले भ्याक्सिन लगाउनका लागि सम्बन्धित ठाउँमा अनुरोध गरेपछि जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले विद्यार्थीहरुको चिन्ताका कारण काठमाडौँ आउनेसम्मको गाडीको व्यवस्था गरिदिएका हुन् । खोप पाइन्छ की पाइँदैन भन्ने डरले कोही बाइक त आफ्नो साधन हुनेहरु आफ्नै साधनको पनि प्रयोग गरेर काठमाडौंँ आएका छन् । चितवनबाट खोप लगाएको कार्ड लगाउँदै बाइकमा काठमाडौँ आएका विद्यार्थी निशान कट्टेलले  बाटामा ठाउँठाउँको चेकिङमा दुःख पाइएको बताए ।

प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले आफूले विद्यार्थीको समस्या बुझेर सहजीकरण गरिदिएको संसारन्यूजसँग बताए । ‘भ्याक्सिन नलगाए पढ्न जान नपाउने भएका कारण विद्यार्थीको कार्डका आधारमा काठमाडौं जानका लागि गाडीको सहजीकरण गरेको हुँ,। १०–१५ जना विद्यार्थी यताबाट गएका होलान । उनीहरुले चिनीया दूतावासको समन्वयमा भ्याक्सिन लगाउनेछन् ।’ झापाका सिडियोले सहयोग गरेकोमा खुशी व्यक्त गर्दै अन्य जिल्लामा रहेका विद्यार्थीहरुले पनि विच्याटमार्फत संवादलाई अघि बढाएका छन् ।

विद्यार्थीहरुको यस्तो मर्कालाई बुझेर स्वास्थ मन्त्रालयले शिघ्र ब्यबस्था गर्ने बताइएको छ ।

 

वि.सं.२०७८ जेठ ३ सोमवार १८:०० मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...