back
CTIZAN AD

मौन अवधी तोड्दै ओलीले भोट मागेपछि…

वि.सं.२०७८ जेठ ५ बुधवार

663 

shares

जेठ ५, काठमाडौं । राष्ट्रिय सभा उपनिर्वाचनको मौन अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टीका उम्मेदवार रामबहादुर थापा बादलको पक्षमा विज्ञप्ती नै जारी गर्दै भोट मागेपछि निर्वाचन आयोगले आपत्ती जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीले आचारसंहित विपरित काम गरेको भन्दै आपत्ती जनाएका हुन् ।

आयोगले प्रधानमन्त्रीको उक्त कदमलाई आयोगले गम्भीर रुपमा लिएको बताएको छ । ‘आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरूले आचारसंहिता विपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चार माध्यमहरूले उम्मेदवारको जीत हारको पूर्वानुमानका सामग्रीहरू प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरूको अन्तरवार्ता लिने जस्ता गतिविधिहरू गरेको देखिएकोले यसतर्फ आयोगको गम्भीररूपमा ध्यानाकर्षण भएको छ’, आयोगले सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ ।

बाग्मती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्यका पदका लागि हुने उपनिर्वाचनको लागि मंगलबार राति १२ बजेदेखि नै मौन अवधि सुरु भएको छ । निर्वाचन आचार संहिताअनुसार मौन अवधिमा उम्देवारको पक्ष/विपक्षमा प्रचार प्रसार गर्न पाईँदैन् । तर, प्रधानमन्त्रीले विज्ञप्ती नै निकालेर आफ्ना उम्मेदवारको पक्षमा भोट दिन र नदिए कारबाही गर्ने चेतावनीसमेत दिएका छन् ।

‘यस अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, एस.एम.एस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने भएको हुँदा यस्ता आचरणहरु पालना गर्न गराउन सम्वद्ध सबैसँग आयोगले हार्दिक अनुरोध गर्दै आएको छ’, आयोगको विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रिय सभामा रिक्त पदका लागि नेकपा (एमाले)बाट रामबहादुर थापा बादल, स्वतन्त्र डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट कृष्णबहादुर तामाङले उम्मेदवारी दिएका छन् । कुल ३४८ मतदाता रहेको प्रदेशमा प्रदेशसभा सदस्य ११० र नगरपालिका र गाउँपालिकाकाबाट २३८ मतदाता छन् ।

यस्ताे छ आयोगले जारी गरेकाे विज्ञप्ती

 

वि.सं.२०७८ जेठ ५ बुधवार १६:५६ मा प्रकाशित

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सांसदहरुको अवरोधका कारण २० मिनेटका...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

दलित समुदायः सङ्घर्ष, सीप र सम्मानको खोजी

दलित समुदायः सङ्घर्ष, सीप र सम्मानको खोजी

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक र सांस्कृतिक केन्द्र मानिने यस...

गोताखोरको दैनिक भत्ता दुईसय मात्र !

गोताखोरको दैनिक भत्ता दुईसय मात्र !

चितवन । जोखिम मोलेर उद्धारमा खटिने ‘गोताखोर’ले दैनिक रु २००...

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

दाङ । यहाँको तुलसीपुरमा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु भएकबे...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...