back
CTIZAN AD

गौशालामा नि:शुल्क कोभिड आइसोलेशन केन्द्र सञ्चालन

वि.सं.२०७८ जेठ ५ बुधवार

606 

shares

५ जेठ, काठमाडौँ । स्थानीय गौशालामा ५१ शय्याको निःशुल्क कोभिड–१९ आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ ।

मारवाडी सेवा समितिले निर्माण गरेको केन्द्रको उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज शुभारम्भ गरे । केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवाका अध्यक्ष कैलाश गोयलले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सिसिएमसीका संयोजक पोखरेललाई जानकारी गराए ।

सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले कोभिडविरुद्ध सबैले मिलेर लड्नुपर्ने बताए । उनले भने, “ यो सरकार र राजनीतिक नेतृत्वको मात्र काम भनेर बुझ्नु हुँदैन, सरकारले अभिभावकको भूमिका खेल्छ तर यो लडाइँको मोर्चामा हामी सबै एक ठाउँमा उभिएर लड्नुपर्छ ।”

उनले केन्द्रलाई पूर्ण रुपमा सञ्चालन गर्न सिसिएमसी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनका अनुसार अहिले देशका ८६ ठाउँमा पिसिआर प्रयोगशाला र केन्द्रदेखि स्थानीय तहसम्म कोभिड–१९ को उपचार गर्ने अस्पताल स्थापना भएको छ ।

सरकारले जनताको उपचार र जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेको बताउँदै उहाँले अक्सिजन प्लान्टलगायत स्वास्थ्य सामग्री खरीद गर्न मन्त्रिपरिषद्बाट निर्णय गरी प्रारम्भ र पहल थालिएको तथा कोरोना भाइरसविरुद्धको खोप खरीदका लागि औपचारिक प्रक्रिया प्रारम्भ गरिएको जानकारी दिए ।

सात वटै प्रदेशमा सात र काठमाडौंँमा एक गरी एक हजार क्षमताका आठ होल्डिङ सेन्टर स्थापना गर्न अर्थ मन्त्रालयले बजेट छुट्याइसकेकाले छिट्टै नेपाली सेनाले निर्माण शुरु गरिने उनका भनाइ थियो । सेवाका अध्यक्ष गोयलले नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा निर्मित अक्सिजन सेवासहितको आइसोलेसन केन्द्र स्थापना गरिएको जानकारी दिए ।
रासस

वि.सं.२०७८ जेठ ५ बुधवार १६:४८ मा प्रकाशित

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सांसदहरुको अवरोधका कारण २० मिनेटका...

दलित समुदायः सङ्घर्ष, सीप र सम्मानको खोजी

दलित समुदायः सङ्घर्ष, सीप र सम्मानको खोजी

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक र सांस्कृतिक केन्द्र मानिने यस...

गोताखोरको दैनिक भत्ता दुईसय मात्र !

गोताखोरको दैनिक भत्ता दुईसय मात्र !

चितवन । जोखिम मोलेर उद्धारमा खटिने ‘गोताखोर’ले दैनिक रु २००...

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

दाङ । यहाँको तुलसीपुरमा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु भएकबे...

बनेपा नगरपालिका बहुप्राविधिक शिक्षालयमा

बनेपा नगरपालिका बहुप्राविधिक शिक्षालयमा

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका कार्यालय बहुप्राविधिक शिक्षालयमा स्थान्तरण...

फुसको छानोबाट सुरक्षित आवाससम्म

फुसको छानोबाट सुरक्षित आवाससम्म

बागमती । चितवनको राप्ती नगरपालिका–१२ का ५३ वर्षीय बाबुराम प्रजा...