back
CTIZAN AD

कोभिडबाट मृत्यु हुनेको परिवारलाई रु १० हजार दिइने

वि.सं.२०७८ जेठ ८ शनिवार

633 

shares

८ जेठ, दमौली । तनहुँको व्यास नगरपालिकाले कोरोनाबाट मृत्यु हुने विपन्न परिवारलाई रु १० हजार उपलब्ध गराउने निर्णय गरेको छ ।

शुक्रबार बसेको कार्यपालिका बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु हुने विपन्न परिवारलाई शवबाहन र काजकिरीया खर्चवापत जनही रु १० हजार उपलब्ध गराउने निर्णय गरेको हो ।

सम्बन्धित वडाको सिफारिशमा मृत्यु भएकाको परिवारलाई राहत दिने निर्णय भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै कोभिड–१९ सङ्क्रमित भई उपचाररत विपन्न एवं मजदुर परिवारलाई रु पाँच हजार उपचार एवं सुविधा उपलब्ध गराउने निर्णय भएको श्रेष्ठले बताए ।

नगरपालिकामा हालसम्म ६१६ जनाको पिसिआर परीक्षण गरिएकामा ४३३ जनाको प्रतिवेदन आउँदा २९१ सङ्क्रमित भएका छन् । त्यसमध्ये १० जनाको मृत्यु भएको छ । त्यस्तै ५९ सङ्क्रमणमुक्त भएका छन् । दुई सय २२ जनाको सामुदायिक आइसोलेशन, दमौली अस्पताल, जिपी कोइराला श्वासप्रश्वास अस्पताल र होमआइसोलेशनमा उपचार भइरहेको छ । साथै १८३ जनाको रिपोर्ट आउन बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

सबै पालिकाहरुको सहभगितामा गत वर्षको प्रतिबद्धताअनुसार व्यास–१० दुम्सीबजारस्थित आधारभूत स्वास्थ्य केन्द्र रहेको भवनमा पिसिआर परीक्षण प्रयोगशाला निर्माण गर्न भएको निर्णय बैठकले अनुमोदन गरेको छ । उक्त भवनमा खरिद ऐनअनुसार खरिद एवं निर्माण प्रक्रिया अघि बढाउन कार्यालयलाई निर्देशन दिने निर्णय भएको छ ।

आगामी वार्षिक कार्यक्रममा नगरपालिकाको नगर अस्पताल स्थापना गर्न र आफ्नै अक्सिजन प्लान्ट निर्माण गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सहकार्यका लागि आह्वान गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

कर्मचारीलाई प्रोत्साहन भत्ता

नगरपालिकाले कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार कार्यमा खटिने कर्मचारीलाई कार्य प्रकृति र त्यसको जोखिमलाई मध्यनजर गरी भत्ता उपलब्ध गराउने भएको छ । शुरु तलब स्केलमा २५ देखि १०० प्रतिशतसम्म जोखिम भत्ता उपलब्ध गराउने निर्णय भएको छ । नगरपालिकाले विपद्जन्य प्रतिकार्य योजना तयार पार्ने र गत वर्ष बाढीपहिराले घर भत्किएका ७७ घरपरिवारलाई राहत दिने सम्बन्धमा सङ्घीय सरकारको निर्देशिकाबमोजिम तत्काल सहयोग उपलब्ध गराउने प्रक्रियाबारेमा सम्बन्धित निकायमा समन्वय गरी अगाडि बढाउने निर्णय भएको छ ।

निषेधाज्ञामा आकस्मिक रक्तदान

रगत अभावका कारण बिरामीलाई समस्या नहोस् भन्नका लागि तनहुँको शुक्लागण्डकीमा शुक्रबार आकस्मिक रक्तदानको कार्यक्रम गरिएको छ । शुक्लागण्डकी एफएम, युवा नेपाल समिति, लियो क्लब अफ दुलेगौडा खैरेनी सिटी र विश्व हिन्दू महासङ्घ शुक्लागण्डकीको संयुक्त आयोजनामा शुक्लागण्डकीका विभिन्न ठाउँमा रक्तदान गरिएको हो ।

शुक्लागण्डकी नगरपालिकास्थित विपीचोक, बेलचौतारा, मिलडाँडा, वनकेवा चोक, ढोरफिर्दी, गाछेपानी, कवासेलगायतका ठाउँमा रक्तदान गरिएको शुक्लागण्डकी एफएमका स्टेशन म्यानेजर राजन उपाध्यायले जानकारी दिए । उनका अनुसार हालसम्म ५७ जना रक्तदान गरिसकेका छन् । रगत अभाव हुँदा नियमितरूपमा डायलासिस गर्ने, रक्तअल्पतालगायतका बिरामी समस्यामा पर्ने गरेका छन् ।
रासस

वि.सं.२०७८ जेठ ८ शनिवार १२:०१ मा प्रकाशित

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

सडक स्तरोन्नतिपछि २० मिनेटको बाटो ५ मिनेटमै छोटियो

सडक स्तरोन्नतिपछि २० मिनेटको बाटो ५ मिनेटमै छोटियो

म्याग्दी । बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण...

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

दमौली (तनहुँ) । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा...

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

गण्डकी । कास्कीको मादी गाउँपालिकाका शिक्षकहरूलाई सञ्चार तथा सूचना प्रविधिसम्बन्धी...