back
CTIZAN AD

म्याद नाघेका र दर्ता नभएका खाद्य पदार्थ नष्ट

वि.सं.२०७८ जेठ ८ शनिवार

603 

shares

८ जेठ, तम्घास । जिल्लाको मदाने गाउँपालिकाले म्याद नाघेका, दर्ता नभएका र अनुमतिबिना बिक्री वितरणका लागि राखिएका खाद्य सामग्री नष्ट गरेको छ ।

गाउँपालिकाका कर्मचारी र इलाका प्रहरी चौकी पुर्कोट दहले शुक्रबार अनुगमनका क्रममा फेला पारेका सामग्री बरामद गरी नष्ट गरेको हो ।  जनप्रतिनिधि एवम सरोकारवालाको रोहवरमा सामग्री नष्ट गरिएको हो ।

व्यापारीले म्याद नाघेका सामग्री बिक्री गरेको तथा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको उपभोक्ताले गुनासो गरेपछि गाउँपालिकाले प्रहरीको सहयोगमा बुधबार र बिहीबार बजार अनुगमन गरेको थियो । गाउँपालिकाको वडा नं १, ४ र ६ मा गरिएको अनुगमनबाट भुजालगायतका खाद्य पदार्थ, चुरोट तथा सुर्तीजन्य पदार्थ, मदिरा र मदिराजन्य वस्तु बरामद गरिएको थियो । कूल रु एक लाख २० हजार बराबरको सामग्री नष्ट गरिएको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले राससलाई बताए ।
रासस

वि.सं.२०७८ जेठ ८ शनिवार १२:२२ मा प्रकाशित

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...