यतिबेला देशमा कोरोना संक्रमणको दोस्रो लहर तिब्ररुपमा फैलिरहेको छ । कोरोना देशैभरी १ लाख भन्दा बढी कोरोनाका सक्रिय संक्रमित होम आइसोलेशनमै रहनु भएको छ ।
तर होम आइसोलेशनमा बस्दा कोरोनाविरुद्धका लड्नका लागि के–के खानेकुरा खाने त भन्नेमा धेरै अनभिज्ञ रहेका कारण शरीरलाई चाहिने आवस्यक पोषकतत्व र कोरोनासंग लड्नका लागि शरीरमा शक्ति बढाउन आवस्यक खानेकुराहरु खानबाट बन्चित भइरहेका हुन्छन् ।
यसैबीच मेडिसिटीक अस्पतालकी क्लीनिकल न्युट्रिशियनिष्ट डा. एलिसा कर्माचार्यले होम आइसोलेशनमा रहनेहरुले यस्ता खानेकुरा खान सल्लाह दिन्छीन् ।
कर्माचार्यका अनुसार कोरोना संक्रमित भइ होम आइसोलशनमा बस्नेहरुले दिनहुँ खानेकुरामा मात्रा मिलाएर खाँदा छिटो निको हुने बताउँछिन् ।
उनले दुई तीनथरी तरकारीमा केही मात्रा प्रोटिनजन्य खाना जस्तै साकाहारीका लागि बदाम, दाल तथा गेडागुडी, दूध लगायतका डेरी प्रोडक्ट पनि खान सकिन्छ । साथै मांशाहारीले अण्डा, माछा, मासुबाट प्रोटिनको मात्रा प्राप्त् गर्न सक्छन् ।
त्यस्तै पोलिस नगरेको चामल, गहुँको रोटी, जौ बाट बनेको खानेकुरा तथा कोदो, फापर लगायत लिन सकिन्छ । भिटामीन सी पनि शरीरलाई अत्यन्तै आवस्यक पर्दछ । त्यसमा कागती, अमला तथा त्यसबाट बनेका प्रकार । टमाटर, हरियो खुर्सानीबाट पनि भिटामीन सी प्राप्त गर्न सकिने कर्माचार्य बताउँछीन् ।
त्यस्तै होम आइसोलेशनमा बसेकाहरुलाई जिंकको पनि आवस्यकता हुन्छ । जिंक गेडागुडी र माछामासुबाटै प्राप्त गर्न सकिन्छ । त्यस्तै भिटामीन डि पनि अत्यन्तै आवस्यक हुन्छ । भिटामीन डीको स्रोत मुख्य त घाम नै हो । यदि घाम ताप्न पाउनु हुँदैन भने भिटामीन डि क्याप्सुल पनि लिन सकिन्छ । साथै भिटामीन वि कम्पेल्क्स फलफूलबाट लिन सकिन्छ ।
त्यस्तै झोलिलो पदार्थमा पनि बढी जोड दिन जरुरी छ । यो पानी मात्र नभएर फलफूलका जुश, सुुप, दाल लगायतको झोल पदार्थ खान जरुरी छ । यो शरीरका लागि एकदमै आवस्यक भएको कर्माचार्य बताउँछीन् ।
त्यस्तै कोरोनाविरुद्ध लड्नका लागि सुत्ने र उठ्ने टाइम, दिनहुँ एक्सरसाइज तथा सकारात्मक सोच आवस्यक हुन्छ । ‘कोरोना लाग्यो अव सन्चो हुँदैन’ नभनेर ‘म कोरोनलाई जित्छु’ भन्नु नै कोरोनाबाट छिटो निको हुने उपाय भएको कर्माचार्य बताउँछिन् ।
वि.सं.२०७८ जेठ ९ आइतवार १४:२० मा प्रकाशित




























