back
CTIZAN AD

जसपामा सत्ता प्रभाव : महन्थ पक्ष सत्तामा जाने निश्चित भएपछि उपेन्द्र समूहमा गयो पहिरो

वि.सं.२०७८ जेठ १२ बुधवार

861 

shares

जेठ १२, काठमाडौं । महन्थ ठाकुर समूह सरकारमा जाने निश्चित भएपछि जसपामा समूह परिवर्तनको लहर चलेको छ । तत्कालिन संघीय समाजवादी फोरमदेखि उपेन्द्रलाई साथ दिँदै आएका ५ सांसद सरकारमा जाने निश्चित भएसँगै महन्थ ठाकुर पक्षमा लागेका हुन् ।

सांसदहरु उमाशंकर अरगरिया, विमल श्रीवास्तव, रुही नाथ, कल्लुदेवी विश्वकर्मा र रेणुका गुरुङले समूह स्पष्ट रुपमा परिवर्तन गरेका हुन् । ५ सांसदले समूह परिवर्तन गरेसँगै उपेन्द्र पक्षमा मात्रै ११ सांसद देखिएका छन् ।

यसअघि भक्तपुरको डोलेश्वर रिसोर्टमा आयोजित बैठकमा यादव पक्षका उमाशंकर अरगरिया र विमल श्रीवास्तले खुलेरै समूह परिवर्तन गरेका थिए । डोलेश्वर बैठकमा महन्थ पक्षले आफुँसँग २० सांसद सहभागी भएको दाबी गरेको थियो । पछिल्लो समूह परिवर्तनको लहरसँगै महन्थ ठाकुर पक्षमा २१ सांसद देखिएका छन् ।

कार्यकारिणीमा पनि महन्थ पक्ष बलियो

जसपामा सबैभन्दा शक्तिशाली भनिएको केन्द्रीय कार्यकारिणी समिति ५१ सदस्यीय छ । गठनको समय पूर्वराजपाबाट २६ र पूर्वसमाजवादीबाट २५ सदस्य हुने गरि भागवण्डा गरिएको थियो ।

तर, केन्द्रीय कार्यकारिणीभित्र आन्तरिक पार्टी संघर्षमा कहिले उपेन्द्र यादव पक्ष बहुमत त कहिले महन्थ ठाकुर पक्ष बहमुतमा देखिएको थियो । पछिल्लो लुम्बिनी कारबाही प्रकरणसम्म आउँदा उपेन्द्रको पक्षमा बहुमत सदस्यले समर्थन गरेका थिए । लुम्बिनी प्रकरणमा जसपाका २८ कार्यकारिणी सदस्यले उपेन्द्रलाई साथ दिएका थिए ।

तर, पछिल्लो डोलेश्वरको भेलादेखिका तानातान घटनामा उपेन्द्रका केहि कार्यकारिणी सदस्य पनि महन्थको पक्षमा लागेका छन् । पूर्वराजपा समूह आफुँसँगै सुरक्षित राखेका महन्थले उपेन्द्र पक्षका सदस्यहरुलाई तान्दा स्पष्ट बहुमतमा देखिएका छन् ।

वि.सं.२०७८ जेठ १२ बुधवार १२:३० मा प्रकाशित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...