१२ जेठ, काठमाडौँ । एनआईसी एशिया बैंकले विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको खरिद रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड अनलाइनबाटै आवेदन दिन सकिने सुविधा ल्याएको छ ।
यो सुविधा ग्राहकहरूले जुनसुकै स्थानबाट एवं जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग (NIC ASIA Mobile Banking) एपमा रहेको आइसरभर (iserve) प्लेटफर्ममार्फत उपभोग गर्न सक्नेछन ।
भिस्सा नेटवर्कमा (Visa Network) मा आधारित हुने यस कार्डमार्फत ग्राहक महानुभावहरूले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको अनलाईन खरिदमा भारत र भुटान बाहेक विश्वका अन्य मुलुकमा भुक्तानी गर्न सक्नेछन ।
बैंकका ग्राहकहरुले बैंकको सेल्फ हेल्प बैंकिङ प्याट्फम आइसरभर (Self Help Banking platform iServe) भित्र कार्ड सर्भिस (Card Services) मा क्लिक गरी डलर कार्ड रिक्युस्ट (Dollar Card Request) मा गई आफ्नो नाम, खाता नम्बर, मोबाइल नम्बर एवं इमेल आइडी र प्यान नम्बर उल्लेख गर्नुपर्नेछ । उक्त विवरण भरेपछि मोबाइल नम्बरमा ओटिपी (OTP) प्राप्त हुने र उक्त ओटिपी (OTP) राखेर आफ्नो आवेदन भेरिफिकेसन गर्न सक्नेछन ।
आफुलाई आवश्यक परेको डलर रकम न्यूनतम २५ डलर देखि अधिकतम ५०० डलर बराबरको रकम कार्डमा लोड गर्न सक्ने बैंकले जनाएको छ । यसरी रकम लोड गरेपछि आफुलाई पायक पर्ने यस बैंकको शाखा छनौट गरी कार्डको लागि आवेदन पूरा हुनेछ ।
यसरी प्राप्त आवेदनको आधारमा बैंकले डलर कार्ड तयार गरी सम्बन्धित ग्राहकलाई एसएमएस मार्फत जानकारी गराउँनेछ र उक्त कार्ड निजले छनौट गरेको शाखा कार्यालयबाट बिना अतिरिक्त कागजी प्रक्रिया लिन सक्नेछन् ।
वि.सं.२०७८ जेठ १२ बुधवार १२:२७ मा प्रकाशित





























