back
CTIZAN AD

कोरोना कहरमा धानखेती कसरी गर्ने भन्ने चिन्तामा किसान

वि.सं.२०७८ जेठ १३ बिहीवार

585 

shares

सञ्जीतकुमार मण्डल, १३ जेठ, जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाको वडा नं ८ बजराही गाउँ बस्ने किसान रामआश्रय मण्डललाई धानखेती कहिले थाल्ने भन्ने चिन्ता शुरु भएको छ ।

उनी दुई विगहामा धानखेती गर्ने किसान हुन् । प्रत्येक वर्ष धानखेतीबाटै उनले आफ्नो १७ जनाको परिवार पाल्ने गर्दछन् । यसपालि भने उनलाई धानखेतीको लागि कुनै जोरजाम हुन नसकेकोमा चिन्ता बढेको छ । उनीजस्तै उनका छिमेकी रामबाबु चौधरी पनि आफ्नो पाँच विगहा खेतमा यसपालि धान कसरी लगाउने भन्ने चिन्तामा डुबेका छन् । गाउँमा धानखेती गर्नेमा अब्बल मानिने उनलाई पनि अहिले दिनरात यसपालि धानबाली कसरी लगाउने भन्ने पिरलो छ ।

यस्तै समस्या यही गाउँका असर्फी साहको पनि छ । आफ्नो चार विगहा जग्गामा प्रत्येक वर्ष उनी रोपाइँ गर्छन् । बजराही गाउँका आशनारायण मण्डल, बैजु साह, बद्री झा, श्यामकान्त झा, सुल्तान कवारी, अनिल पाठक जस्ता दर्जनौँ धानखेती गर्ने किसानले कोरोनाको कहरमा धानखेती कसरी गर्ने भन्ने जुक्ति निकाल्दै छन् ।

कोरोना महामारीको दोस्रो लहर शुरु भएसँगै जिल्लाका सम्पूर्ण सरकारी कार्यालयका साथै किसानहरूसँग प्रत्यक्ष सरोकार रहेका कृषि ज्ञान केन्द्र, कृषि तथा बीउ बिजन प्रयोगशाला, खाद्य मल संस्थान, बीउ बीजन तथा मल खाद्य पाउने हाट बजार र पसलहरू अहिले बन्द छन् । यसकारण पनि यहाँका किसान धानखेतीबाट बञ्चित हुने हो कि भन्दै चिन्तामा परेका हुन् ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले कोरोनोको बढ्दो सङ्क्रमण दर र मृत्यु सङ्ख्यालाई मध्यनजर गर्दै गत वैशाख २२ गतेदेखि जिल्ला सदरमुकाम जलेश्वरसहित यहाँका १५ वटै स्थानीय तहमा जारी गरेको निषेधाज्ञा जारी छ । निषेधाज्ञाको बेला जिल्लाको कुनै पनि हाट बजार, पसल, उद्योग, कल कारखाना र सरकारी कार्यालय समेत सञ्चालनमा नहुँदा किसानहरूले धान खेतीका लागि आवश्यक बीऊ बिजन र मल खाद्य पाउन सकेका छैनन् ।

बजराहीका किसानजस्तै जिल्लामा धानखेतीका लागि राम्रो मानिएका गौशाला, रामगोपालपुर, औरही, मटिहानी नगरपालिका र एकडारा, सम्सी, सोनमा गाउँपालिकाका किसानहरूको पनि समस्या यस्तै रहेको उनीहरूले बताएका छन् । गौशाला नगरपालिका–११ का किसान दिनेश महतोले निषेधाज्ञाका कारण सरकारी कार्यालय सहकारी संस्था तथा हाट बजारमा यसपालि धानको बीऊ नआएको र बीऊ नहुँदा आफूले ब्याड तयारी गरेर पनि अहिलेसम्म बीऊ छर्न नपाएको बताए ।

उनीजस्तै स्थानीय हजारी साहले आफूले यसपालि धानखेती गर्ने सबै खेतहरू पहिलेदेखि नै खनजोत गरी तयार गरिसकेको भएपनि ती खेतमा लगाउने बीऊ अहिलेसम्म खसाल्न नपाएको सुनाउनुभयो । सरकारी अनुदानमा आउने उन्नत जातका बीऊ र मल यसपाली आफूले कोरोनाको निषेधाज्ञाकै कारण ल्याउन नपाएको बताउँदै अब कहिले ल्याउने, कहिले छर्किने र कहिले ब्याड तयार गर्ने भन्दैछन् यहाँका किसान ।

त्यसैगरी जिल्लाको सीमानाकामा अवस्थित सोनमा गाउँपालिका– ४ का किसान बिकाऊ यादवले सरकारले हाम्रो सरोकारको कृषि कार्यालय, मल खाद्य संस्थान र जिल्लाका हाट बजार बन्द गर्नुका साथै भारतसँगको सिमानाका समेत पूर्ण रुपले बन्द गरेकोले समस्यामा परेको बताए । किसानहरू यसपाली निषेधाज्ञाले गर्दा भारतीय बजारमा पनि पुग्न सक्ने कुनै बाटो नभएकोले यसले धानखेतीमा समस्या थप्ने बताउँछन् ।

महोत्तरी जिल्लामा जम्मा ७१ हजार ५१७ हेक्टर खेतीयोग्य जग्गा रहेकोमा ४४ हेक्टर जग्गामा धानखेती हुने गर्दछ । यसले पनि वर्षभरि खान भने पुग्दैन । यसपाली त झन् यो सबै जग्गामा पनि खेती गर्न सकिने अवस्था देखिएको छैन । किसानहरूले आफ्नो खेत खनजोत गरी तयार गरिसकेका छन् । जेठ महिनाको पहिलो र दोस्रो सातामा नै प्रत्येक किसानले बीऊ छर्ने बेला हो । बेर्नाका लागि बीउ छर्न नै उनीहरूले पाएका छैनन् ।

कृषि ज्ञान केन्द्र कार्यालय महोत्तरीका प्रमुख डा.रामचन्द्र यादव किसानहरू अहिले नै बीऊ छर्न सकेन भन्ने यसपालि जिल्लामा धान रोपाईमा समस्या हुने बताए । उनले सो कार्यालयमा किसानहरूलाई ‘उन्नत बीऊ बीजन वितरण गर्ने कार्यक्रम’ नरहेको पनि बताए । उनले जिल्लामा व्यवसायिक रूपमा धान खेती गर्ने किसानहरूले बीऊ उत्पादन गर्ने फारामहरूबाट बीऊ खरिद गरी ल्याएमा कार्यालयले ५० प्रतिशत रकम अनुदान दिने बताउनुभयो । उनले आफूहरूले कार्यक्रम नै नरहेको अवस्थामा सो कार्यालयमा बीऊ बिजन नआएकोले यस कार्यालयले किसानहरूलाई बीऊ बीजन उपलब्ध गराउन नसकेको बताए ।

त्यसैगरी महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईसँग किसानहरूले समस्याका बारेमा जानकारी गराउँदै बीऊ बिजन र मलका लागि कृषि कार्यालय, कृषि सम्बन्धी हाट बजार, मल खाद्य पसल तथा कृषि प्रयोजनकै लागि स्वास्थ्य सुरक्षाको सम्पूर्ण मापदण्ड अपनाएर भारत आऊजाऊको व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । किसानहरूले पनि आफ्नो मागको सम्बन्धमा आ–आफ्ना स्थानीय निकाय (पालिका) का जनप्रतिनिधिसहित प्रदेश र केन्द्रका जनप्रतिनिधि, किसान र कृषिसँग सम्बन्धित सम्पूर्ण कार्यालय, मन्त्रालय विभाग तथा सरोकारवाला सबैको ध्यानाकर्षणका लागि आग्रह समेत गरेका छन् । किसानहरूले जिल्लामा बीऊ र मलको व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । साथै उनीहरूले अहिले धान उब्जनी नगरे आउँदा दिनमा खाद्य सङ्कट हुने भन्दै सबैको ध्यानाकर्षण गराएका छन् ।

वि.सं.२०७८ जेठ १३ बिहीवार ०७:२३ मा प्रकाशित

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका...