back
CTIZAN AD

फुङलिङस्थित एक गोदाममा आगलागी, करीब १५ लाखको क्षति

वि.सं.२०७८ जेठ १४ शुक्रवार

726 

shares

१४ जेठ, ताप्लेजुङ । फुङलिङ नगरपालिका–४ न्युरोडस्थित कुमार गुरुङको गोदाममा आज बिहान आगलागी भएको छ ।

फर्निचरका लागि चाहिने फर्म, वायरिङका सामान, सिमेन्ट, बाथरुम र शौचालय निर्माणमा प्रयोग हुने सामान राखिएको गोदाममा आगलागी भएको हो । राति करीब २ः०० बजे भएको आगलागीबाट गोदामका सम्पूर्ण सामान जल्दा करीब रु १५ लाखको क्षति भएको गुरुङले जानकारी दिए ।

बिजुली जडान नगरिएको निर्माणाधीन पक्की भवनमा रहेको गोदाममा कसरी आगलागी भयो भन्ने खुलेको छैन । आगलागी नियन्त्रणका लागि नगरपालिकाको दमकल र प्रहरीको टोली पुगेको थियो । आगो लागेको निकै समयपछि मात्र थाहा भएकाले कुनै पनि सामान निकाल्न नपाइएको गुरुङले बताए ।
रासस

वि.सं.२०७८ जेठ १४ शुक्रवार १३:५९ मा प्रकाशित

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका...

मनै लोभ्याउने ‘माइपोखरी’

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल (इलाम) । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा...