back
CTIZAN AD

यी दुई देशद्वारा नेपाललाई स्वास्थ्य उपकरण हस्तान्तरण

वि.सं.२०७८ जेठ १४ शुक्रवार

708 

shares

१४ जेठ, काठमाडौँ । कोभिड–१९ को महामारीमा नेपाललाई सघाउन बेलायत र फिनल्यान्ड सरकारले उपलब्ध गराएका स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरिएको छ ।

बेलायत र फिनल्यान्डले विशेष विमानबाट नेपाल पठाएका ती सामग्री आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित सङ्क्षिप्त कार्यक्रममा हस्तान्तरण गरिएको हो ।

नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले २६० थान भेन्टिलेटर तथा १९ हजार २०० आँखारक्षक उपकरण मन्त्री त्रिपाठीलाई हस्तान्तरण गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसैगरी नेपालका लागि फिनल्यान्डका राजदूत पेर्ती आन्तिनेनले मन्त्री त्रिपाठीलाई तीन लाख ५० हजार एफएफ पी टू मास्क, एक लाख के एन ९५ मास्क, दुई लाख ३२ हजार ५०० जोर पञ्जा, ३० हजार सुरक्षा पोशाक, २४ लाख ९८ हजार फेसमास्क र तीन लाख ५० हजार फेससिल्ड प्रदान गरेका पनि उक्त मन्त्रालयले जनाएको छ ।

विमानस्थलमा भएका बेग्लाबेग्लै कार्यक्रममा मन्त्री त्रिपाठीले बेलायत र फिनल्यान्ड सरकारप्रति कृतज्ञता ज्ञापन गर्दै प्राप्त सहायताबाट नेपाल–बेलायत र नेपाल र फिनल्यान्डबीचको मैत्री प्रतिबिम्बित भएको बताए । दुवै देशका राजदूतले महामारीविरुद्धको नेपालको लडाइँमा केही मात्रामा भए पनि सहयोग गर्न पाएकामा खुशी व्यक्त गर्दै भविष्यमा पनि सक्दो सहायता गर्ने आश्वासन दिए ।
रासस

वि.सं.२०७८ जेठ १४ शुक्रवार १५:३१ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...