back
CTIZAN AD

एनआरएनए अफ्रिकाको अक्सिजन अभियानः जिल्ला अस्पताल अछामलाई १० थान सिलिण्डर हस्तान्तरण

वि.सं.२०७८ जेठ १४ शुक्रवार

630 

shares

१४ जेठ, काठमाडौं । एनआरएनए अफ्रिकाको मातृभुमीलाई तत्काल अक्सिजन सहयोग अभियान अन्तर्गत अछामको सदरमुकाम मंगलसेनस्थित जिल्ला अस्पताललाई १० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ ।

अभियानको संयोजनमा बिहीवार १० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको हो ।

एनआरएनए नाइजेरिया र अफ्रिका, अमेरिका, मलेशिया र कतारमा बस्ने गैरआवासीय नेपाली र जुपु मिलन केन्द्र काठमाडौंको सहयोगमा जिल्ला अस्पताललाई १० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको हो ।

बिहिवार वरिष्ठ समाजसेवी नेपाली कांग्रेस अछामका पूर्व सभापति पुष्पबहादुर शाहले एक कार्यक्रमका बिच जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सोनाली बास्कोटालाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयबाट जारी निषेधाज्ञाका नीति निर्देशन पालन गर्दै जिल्ला अस्पताल परिसरमा सामुदायिक रेडियो रामारोशनका कार्यकारी निर्देशक कृष्ण बहादुर बुढाको सहजीकरणमा भएको एक संक्षिप्त कार्यक्रममा अक्सिजन सिलिन्डर हस्तान्तरण गर्दै नेपाली कांग्रेस अछामका पूर्व सभापति शाहले अहिलेको जटिल परिस्थितिमा अछामलाई सम्झेर जिल्ला अस्पतालमा अक्सिजन सिलिन्डर पुर्याउन मद्धत गर्ने गैर आवासीय नेपाली प्रती आभार व्यक्त गरेका थिए ।

अक्सिजन सिलिण्डर बुझ्दै डाक्टर बास्कोटाले पनि अक्सिजन सिलिन्डर आपूर्तिका लागि सहयोग गर्ने सबै सहयोगी मनहरूलाई धन्यवाद व्यक्त गरेकी थिइन् ।

No description available.

अछाम जिल्लामा ४० थान अक्सिजन सिलिन्डर आपूर्तिको लागि कैलालीको धनगढी स्थित परोपकारी संस्था ह्युमानिटी फाउण्डेसन नेपाल, गैर आवासीय नेपाली संघ नाइजेरिया, अफ्रिकाबाट रोशन थापा, अमेरिकाबाट बासुदेव अधिकारी, बिष्णु शाह, हेमबहादुर ठकुल्ला, मलेसियाबाट टेकबहादुर बुढा, दिनेश खडका खप्तडी, कतारबाट चन्द्र थापा, काठमाडौंस्थित जुपु मिलन केन्द्र, केवी मिठ्ठु रावल र दिवंगत सेवानिवृत्त प्रहरी नायव उपरीक्षक मोती सिंह धामीको परिवारको आर्थिक सहयोग रहेकोे थियो ।

एनआरएनए अफ्रिकाको नेपाललाई तत्काल अक्सिजन सहयोग अभियान र गैर आवासीय नेपाली संघका पूर्वकोषाध्यक्ष हिक्मत थापाको संयोजन, धनगढीस्थित ह्युमानिटी फाउन्डेसन र जुपु मिलन केन्द्रको सहयोग र नेपाल पत्रकार महासंघ अछामका पुर्व अध्यक्ष वेदप्रकाश तिमिल्सैनाको समन्वयका साथै ब्यवस्थापनमा अछाम जिल्लामा ३० थान अक्सिजन सिलिन्डर पुर्याइएको हो ।

No description available.

जसमध्ये बुधबार मात्रै ह्युमानिटी फाउन्डेसन धनगढीको सहयोगमा १० थान अछाम जिल्ला अस्पताल र १० थान अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्रीहरु बयालपाटा अस्पताललाई हस्तान्तरण गरिएको थियो । यो सहित मङ्गलसेन अस्पतालमा २० थान र बयालपाटा अस्पतालमा १० थन अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ । साथै बयालपाटा अस्पतालका लागि थप १० थान अक्सिजन ल्याउन गाडी आजै भैरहवा पठाइएको छ र शुक्रबारसम्म हस्तान्तरण गरिने छ ।

अछाम जिल्लामा अक्सिजन सिलिन्डर आपूर्ति अभियानमा सक्रिय पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष तिमिल्सैनाका अनुसार भैरहवाबाट थप १० थान अक्सिजन सिलिन्डर तयारी अवस्थामा राखीएको छ । गाडी पुग्ने बित्तिकै शुक्रबार लोड गरेर बयालपाटाका लागि हिडाइने छ । साथै तिमिल्सैनाले अवको केही दिनमा अमेरिकी नेप्लिज चेम्बर अफ कमर्सको सहयोग र युवा सूचना मंच बाँकेको संयोजनमा जिल्ला अस्पताल, बयालपाटा अस्पताल लागयत कोभिडबाट बढी प्रभावित पंचदेवल विनायक नगरपालिका भित्रका स्वास्थ्य संस्था, सुरक्षाकर्मी र पत्रकार लाई औषधी, स्वास्थ्य तथा सरसफाइका सामग्री वितरण गरिने समेत जानकारी दिएका छन् ।

वि.सं.२०७८ जेठ १४ शुक्रवार १५:३१ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...