१४ जेठ, रुपन्देही । कोरोना संक्रमणबाट रुपन्देहीमा थप एक पुरुषको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार रुपन्देहीको सियारी १ का ५३ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार दिउँसो १ बजे इमरजेन्सीमा मृत्यु भएको छ ।
जेठ १० गते कोरोना संक्रमण पुष्टि भएका उनी शुक्रबारै अस्पताल भर्ना भएका थिए ।
लुम्बिनी प्रदेशका रुपन्देही लगायत अन्य केही जिल्लामा पछिल्ला केहीदिनयता कोरोना संक्रमित हुने र संक्रमणबाट मृत्यु हुनेको संख्या कम भएको छ ।
वि.सं.२०७८ जेठ १४ शुक्रवार १५:१३ मा प्रकाशित






























