back
CTIZAN AD

एकैदिन ९८४१ जना कोरोना संक्रमणबाट मुक्त, ९६ जनाको मृत्यु

वि.सं.२०७८ जेठ १४ शुक्रवार

684 

shares

१४ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ९८४१ ज्ना कोरोना संक्रमणबाट मुक्त भएका छन् । दैनिक निको हुनेको यो संख्या अहिलेसम्मकै बढी हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला केही दिनमा संक्रमित हुने भन्दा निको हुनेको संख्या बढ्दै गइरहेको छ ।

आज निको भएका ९,८४१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४ लाख २८ हजार ६७० पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो दर ७८.१ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६,९५१ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १९,३१३ पिसीआर र ७९७ ऐन्टिजेन गरी २०,११० नमुना परीक्षणमा ६९५१ जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा २१३ ललितपुरमा ३१५ र काठमाडौंमा १७९६ गरी उपत्यकामा २३२४ जना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ । आज थपिएका ६९५१ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा ९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबारको तुलनामा आज मृत्यु हुनेको संख्यामा पनि कमी आएको छ । आज थपिएका ९६ जनासँगै हालसम्म ज्यान गुमाउनेको संख्या ७०४७ पुगेको छ ।

त्यसैगरी हाल देशैभरी १ लाख १३ हजार ३९४ जना सक्रिय सक्रमित रहेका छन् । ती मध्ये देशैभरीका संस्थागत आइसोलेशनमा ७९५० जना र होम आइसोलेशनमा १ लाख ५ हजार ४४४ जना रहेका छन् ।

मन्त्रालयका अनुसार हाल देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा १६२७ जना र भेन्टिलेटरमा ४५० जना उपचाररत छन् । बिहीवारको तुलनामा शुक्रबार भेन्टिलेटर र आइसीयुमा उपचार गराउनको संख्या केही घटेको छ । साथै क्वारेन्टिनमा रहनेको संख्या ८०९ रहेको छ ।

त्यसैगरी हालसम्म पिसीआर प्रविधिबाट ३० लाख १७ हजार ३७७ वटा नमुना परीक्षण गरिएको छ । नेपालमा हालसम्म कोरोना भाइरस विरुद्धको पहिलो मात्रा खोप लगाउनेको संख्या २१ लाख १३ हजार ८० रहेको छ भने दोस्रो मात्रा लगाउनेको संख्या ६ लाख ४८ हजार ६८ जनाले लगाएको मन्त्रालयको तथ्यांक रहेको छ ।

बढ्न थाल्यो निको हुनेको संख्या, २४ घण्टामा ७२२६ जना निको, ६९३९ संक्रमित, १०६ जनाको मृत्यु

वि.सं.२०७८ जेठ १४ शुक्रवार १६:४५ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...