Logo
१६ जेष्ठ २०८०, मंगलवार
     Tue May 30 2023
E-paper
  English Edition
   Unicode
Logo

राष्ट्रपति रनिङ सिल्ड खेलकुद बर्दियामा सुरु



गुलरिया (बर्दिया)। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको नवौँ संस्करण बर्दियाको पदनाहमा रहेको पाञ्चजन्य माध्यमिक विद्यालयमा बुधबारदेखि सुरु भएको छ ।

राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले उद्घाटन गर्नुभयो ।

प्रतियोगिताको उद्घाटन गर्दै उपाध्यक्ष गौतमले खेलकुद स्वास्थ्यका लागि मात्र नभई देशकै प्रतिष्ठाको विषय भएकाले सक्षम खेलाडी उत्पादन गर्न विद्यालय नै उत्तम रहेको बताउनुभयो । खेलकुद क्षेत्रले स्थानीय क्षेत्रको मात्र नभई देशलाई अन्तर्राष्ट्रिय स्तरमा नै चिनाउने भएकाले खेलकुद क्षेत्रको विकासमा सबैजना एकजुट हुनुपर्ने उहाँले बताउनुभयो ।

जिल्ला शिक्षा कार्यालय बर्दियाका निमित्त जिल्ला शिक्षा अधिकारी नीलकण्ठ रेग्मीले प्रत्येक वर्ष आयोजना भइरहेको प्रतियोगिताले खेलाडी उत्पादन गर्नमा सहयोग पुग्ने बताउनभयो । प्रतियोगिताको उद्घाटन सत्रमा विभिन्न विद्यालयका विद्यार्थीले मार्च पास गरेका थिए । प्रतियोतिाका औपचारिक खेल भने आजदेखि सुरु हुनेछ । प्रतियोगितामा बर्दियाका ७० ओटा सरकारी तथा निजी विद्यालयको सहभागिता छ ।

प्रतियोगीतामा भलिबल, कबड्डी, दौड, रिले दौड, हाइजम्प, लङजम्प, सटफुट, कराते तेक्वान्दो, उसु खेलमा छात्रछात्रा गरी झन्डै दुईहजार पाँचसय खेलाडीको सहभागिता रहने जिल्ला खेलकुद विकास समितिका अध्ययक्ष खगेन्द्र खनालले जानकारी दिनुभयो ।

जिल्ला खेलकुद विकास समितिको आयोजना तथा पाञ्चजन्य मावि पदनाहाको सहआयोजनामा सुरु भएको राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता फागुन २ गतेसम्म चल्नेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।

काठमाडौं । भारतमा हालै बनेको नयाँ सांसद भवनमा राखिएको ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा नेपालको

काठमाडौं । सरकारले २० संस्थान र समितिहरु खारेज गर्ने भएको छ । सोमबार आगामी

निरा गौतम, रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा