back
CTIZAN AD

आयुर्वेदिक औषधिप्रति आकर्षण घट्दो

वि.सं.२०७३ माघ २७ बिहीवार

816 

shares

 २७ माघ,भोजपुर । विगत वर्षयता आयुर्वेदिक औषधिप्रति जनसमुदायको आकर्षण दिनप्रतिदिन घट्दै गइरहेको छ ।

पछिल्लो समयमा अस्पतालको उपचारमा वृद्धिसँगै आयुर्वेद तथा प्राकृतिक औषधिप्रति जनसमुदायको आकर्षण घटेको जिल्ला आयुर्वेद औषधालय भोजपुरले जनाएको छ । आयुर्वेद पद्धतिका बारेमा जनतामा चेतनाको कमीका कारणले पनि यस पद्धति प्रयोग गर्नेको सङ्ख्यामा कमी आएको हो ।

भोजपुर कुलुङका अकलबहादुर राईले भन्नुभयो, “बिरामी भएको बेला तत्काल सञ्चो नगर्ने र लामो समय पर्खनुपर्ने भएकाले अस्पतालकै औषधि प्रयोग गरिन्छ ।” आयुर्वेद औषधि भनेको समयमा नपाइने र त्यसको प्रयोगका बारेमा जानकारी पनि नभएकाले प्रयोग नगरेको भोजपुर–७ की मनमाया विकले बताउनुभयो ।

आयुर्वेदका जानकारका अनुसार औषधिले रोगलाई दबाउने मात्र काम गर्दछ पूर्ण रुपमा निको पार्दैन तर केही यस्ता रोग छन् जसलाई आयुर्वेदले रोग तत्काललाई दबाउने मात्र होइन पूर्ण रुपमा निको पार्ने काम नै गर्दछ । जानकारीको अभावमा जिल्ला तथा सेवा केन्द्रको आयुर्वेद औषधालयमा सर्वसाधारणको त्यति आवतजावत नभएको आयुर्वेद कार्यालय भोजपुरका कर्मचारी सुष्मा बस्नेतले बताउनुभयो ।

वि.सं.२०७३ माघ २७ बिहीवार ०६:०२ मा प्रकाशित

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधा । सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक...

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक...

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

काठमाडौँ । आज साताको पाँचौँ कारोबारको दिन पनि नेप्से परिसूचक...

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

काठमाडौँ । ‘जेनजी मुभमेन्ट नेपाल’ले देशका विभिन्न भागमा पछिल्लो समय...

संवाद र सहकार्यबाट समस्या समाधान गरिनुपर्नेः पूर्वप्रधानमन्त्री दाहाल

संवाद र सहकार्यबाट समस्या समाधान गरिनुपर्नेः पूर्वप्रधानमन्त्री दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता एवं...

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...