Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

दुई मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु



 २७ माघ,रत्ननगर (चितवन) । चितवनको दारेचोकस्थित कुरिनटारमा दुईवटा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

गएराति ८ः३० बजेको समयमा भएको सो दुर्घटनाबाट दारेचोक–३ कुरिनटारका २० वर्षीय पूर्णबहादुर चेपाङ गम्भीर घाईते भएका थिए । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा राति नै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

सुरुमा काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ग ८ प ६५६७ नंको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । लगत्तै पुनः ग ९ प ५३५१ नंको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

उनको उपचारका क्रममा गएराति करिब ९ः३० बजेतिर भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको जनाइएको छ । शव भरतपुर अस्पतालमै राखिएको छ ।

बिहेभोज खाएर आएका मृत भेटिए

यसैबीच, दक्षिण चितवनको माडीका एक पुरुष सुतेकै अवस्थामा मृत भेटिएका छन् । माडी नगरपालिका–५ बस्ने ३६ वर्षीय हरि तिवारी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

छिमेकी जीवन महत्तोको छोराको विवाहमा भोज खाई उनी घर आएर सुतेका थिए । बुधबार तिवारी सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएको चितवन प्रहरीले जनाएको छ । खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय माडीबाट प्रहरी निरीक्षक अरविन्दकुमार दुवेदीको नेतृत्वमा प्रहरी घटनास्थलको मुचुल्का उठाएको जनाइएको छ ।

शवपरीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको प्रहरी प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभयो । घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम