१५ जेठ, काठमाडौँ । बंगलादेश र श्रीलंका बिच भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा श्रीलंकाले ९७ रनले जित हासिल गरेको छ ।
टस जितेर पहिले ब्याटिङ्ग गरेको श्रीलंकाले ५० ओभरमा ६ विकेट गुमाएर २८६ रन बनाएको थियो । श्रीलंकाका लागि ब्याटिङ्गमा कप्तान कुशल परेराले सतकीय पारी खेलेका थिए । उनी १२२ बलमा १२० रन बनाएर आउटछ भएका थिए । बंगलादेशका लागि बलिङ्गमा तस्कीन अहमदले सर्वाधिक ४ विकेट लिएका थिए ।
२८७ रनको विशाल लक्ष्य पछाएको बंगलादेशले पुरै ५० ओभरमा खेल्न सकेन । बंगलादेशको टिम ४२.३ ओभरमा १८९ रन बनाएर अलआउट हुन पुगेको थियो । बंगलादेशका लागि मोहम्दुल्लाहले सर्वाधिक ५३ रन बनाएका थिए भने श्रीलंकाका लागि बलिङ्गमा चमिराले सर्वाधिक ५ विकेट लिएका थिए ।
अन्तिम खेलमा श्रीलंकाले जित हासिल गरे पनि ३ खेलको एकदिवसीय श्रृखला भने बंगलादेशले २-१ ले आफ्नो नाममा गरेको छ ।
वि.सं.२०७८ जेठ १५ शनिवार ०८:३१ मा प्रकाशित


























