१६ जेठ, काठमाडौं । नेपालमा हाल चक्रवात यास् पश्चिम उत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन \चट्याङ्ग \हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, प्रदेश २, बागमती र लुम्बिनी प्रदेशका एक÷ दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राति पनि प्रदेश १, प्रदेश २ बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी प्रदेशको एक दुई स्थानमा मेघगर्जन \ चट्याङ्ग \हावाहुरी सहित हल्कादेखि मध्यम वर्षा को सम्भावना रहेको छ । साथै प्रदेश १ र प्रदेश २ का एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले प्रदेश १, प्रदेश २, बागमती र लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले लामो समयावधि वर्षा भैसकेपछि हुने धेरै असरहरु (जस्तैः हिलोबाटो, हिले भीरपाखा, अवरुद्ध यातायात र संचार, पहिरो, बाढी, जमिन कटान आदि) बाट बच्न÷बचाउन र आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।
वि.सं.२०७८ जेठ १६ आइतवार ०८:५५ मा प्रकाशित




























