back
CTIZAN AD

उटपट्याङ्ग र हावादारी बजेट

वि.सं.२०७८ जेठ १६ आइतवार

933 

shares

नेकपा एमालेका युवा नेता दामोदर अर्याल (Damodar Aryal) ले आइतबार सरकारद्वारा ल्याइएको बजेट उट्पट्याङ र हावादारी भएको बताएका छन् । समाजबादको जग स्थापना गर्न बास्तविकतामा आधारित हुन सक्ने र गर्नैपर्ने खालको कार्यक्रम आउनुपर्नेमा उटपट्याङ्ग र हावादारी आएको बताउँदै सामाजिक सञ्जालमा लेख्छन् :

१) मान्छेहरु रोजगारीका लागि बिदेशिएका छ्न । उनिहरुलाई मुलुकभित्रै रोक्न लाखौ रोजगारि सृजना गर्नुछ । यसका लागि बजेटले के बोल्यो त ?

२) प्रत्येक नेपालिको एउटा टाउको बराबर करिब ५३ हजार वैदेशिक ऋण छ । त्यो ऋणलाई घटाउने के कार्यक्रम आयो ? बरु ऋणम कृत्वा घृतम पिवेत जस्तो बजेट आएको होइन र ?

३) प्रत्येक घरमा बृद्ध बा आमाहरु आफ्नो हजार रुपैयाँ बृद्धभत्ता बढनु भन्दा छोरा नातिलाई स्वदेशमै रोजगारी होस भन्ने चाहान्छ्न । सत्य यो होइन र ?

४) प्रधानमन्त्री रोजगार कार्यक्रम बिगत देखि नै संचालित कार्यक्रम हो । र यसले सत्ता नजिक लम्पट कार्यकर्तालाई पाल्ने भन्दा केही काम गर्न सकेको छैन । यो कार्यक्रमबाट बिगतमा देखाउन मिल्ने कुनै काम भएको छ ? र अब हुने आश गर्न सकिन्छ ?

४) १६ बर्ष पुग्ने बित्तिकै ल्यापटप किन्न सरकारले ऋण दिने भएको छ,२ बर्षमा तिर्ने गरि । उ १८ बर्षको पुग्दा उसले त्यो पैसा कसरी फिर्ता गर्न सक्छ ? कि रोजगारीको ग्यारेन्टी गर्न खोजिएको हो ? होइन भने प्रत्येक परिवारलाई ऋणको अनावश्यक बोझ होइन ? फेरि प्रत्येक १६ बर्षकोलाई ल्यापटप अनिबार्य चाहिन्छ रु यो फजुल खर्चका लागि ब्यक्तिलाई राज्यले प्रोत्साहित गरेको ठहरिद‌ैन?

५) शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने ब्यबस्था नयाँ होइन । पहिला ७ लाख थियो,अहिले २५ लाख पुर्याईएको छ । बिगतमा यो ब्यबस्था अन्तर्गत कतिजनाले ऋण पाए ? सरकार भन्न सक्छ ? दिदै नदिने ऋण बजेटमा राखेर कसलाई मूर्ख बनाउन खोजेको हो ?

६) ब्याट्रिबाट चल्ने कारका लागि दिने भन्सार छुट,अन्तशुल्क छुट, सडक कर छुट आदि जस्ता सहुलियतहरुबाट आम मानिसहरु लाभान्वित हुन्छ्न कि केही सिमित धनाढ्यहरु ?

७) किसानका उत्पादनहरु सरकारले अनिबार्य किन्ने ब्यबस्था गर्नुपर्ने माग बिगत देखि निरन्तर उठिरहेको छ । यसतर्फ यो बजेटले केही बोल्यो ?

८) नेपालको प्रमुख समस्या भ्रष्टाचार हो । यसको न्यूनीकरणका लागि बजेटले के कार्यक्रम प्रस्तुत गर्यो ?

९) २० युनिटसम्म बिजुली बाल्नेलाई शुल्क छुट र नेपालमा कुन यस्तो परिवार होला जस्ले २० युनिटभन्दा कम बिजुली खपत गर्छ ?

१०) समाजबादको जग स्थापना गर्न बास्तविकतामा आधारित हुन सक्ने र गर्नैपर्ने खालको कार्यक्रम आउनुपर्थ्यो । त्यो आउन सकेन । आम मानिस निराश छ्न भने साईबर स्यालहरु दङ्ग छ्न् । समग्रमा यो बजेट ‘मामाजी’ जस्तै उटपट्याङ्ग र हावादारी छ ।

वि.सं.२०७८ जेठ १६ आइतवार ०८:४४ मा प्रकाशित

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

पर्वत जिल्ला, महाशिला लुँखुका स्व गुप्तबहादुर मल्ल र श्रीमती सय...

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

फेरि नयाँ संसद भित्र धक्कामुक्का भयो।  युट्यूव तथ टेलिभिजन स्क्रिनमा...

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

पोल्याण्ड – विदेशी भूमिमा नेपाली सामानको ब्रान्ड बनाउन दशकौं संघर्ष गरेका...

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा वर्षभरिमा कति नेपालीहरु आउंदा होलान ? अनुमान गर्न सक्नु...

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

ट्रेड युनियन  अधिकारका सन्दर्भमा :  वर्तमान सरकार गठन भएको १...