back
CTIZAN AD

ओलीले बोलाए स्थायी समिति बैठक, होला त १२ नेतामाथि थप कारबाही ?

वि.सं.२०७८ जेठ १६ आइतवार

867 

shares

जेठ १६, काठमाडौं । नेकपा (एमाले)को स्थायी समिति आइतबार अपरान्ह बस्ने भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ५ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे समिक्षा गर्ने हुने एक नेताले बताए । उनका अनुसार आजको बैठकमा स्पष्टीकरण मागिएको माधवकुमार नेपाल पक्षका १२ सांसदमाथि थप कारबाहीको निर्णय हुनसक्नेछ ।

ओलीले माधव पक्षका सांसदहरु विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडासँग सोधेका थिए । तर उनीहरुले तोकिएको अवधिभित्र स्पष्टीकरण बुझाएनन् ।

यसअघि माधव नेपालसहित उनी पक्षका ११ सांसद पार्टी सदस्यसमेत नरहने गरि कारबाही गरिएको थियो । स्पष्टीकरण नबुझाएका थप १२ सांसदमाथि पनि सोहीअनुसारको कारबाही गरिने सम्भावना बढि छ ।

वि.सं.२०७८ जेठ १६ आइतवार १३:०४ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...