१७ जेठ, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थ्यमा कुनै सुधार नआएको र अवस्था गम्भीर रहेको बताएका छन् ।
कोरोना संक्रमण देखिएपछि ललितपुरको मेडिसिटी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराइएका उनको अवस्था गम्भीर रहेको र डाक्टरहरुले उनको उपचारका लागि सकेको कोशिष गरेको पनि मिश्रले बताएका छन् ।
‘उज्वलजीको स्वास्थ्य अवस्थामा कुनै सुधार आएको छैन र अवस्था अत्यन्तै गम्भिर छ । डाक्टरहरूले सकेको गरिरहेका छन्। डाक्टरहरू र देश–विदेशबाट प्राप्त शुभेच्छुकहरूको सहयोग, प्रेरणा र प्रार्थनाप्रति उज्वलजीको परिवार अत्यन्तै अनुग्रहित छ । उज्वलजीको लागि प्रार्थना गर्दै रहनुहोला । प्रार्थनामा शक्ति हुन्छ !’ मिश्रले भनेका छन् ।
वि.सं.२०७८ जेठ १७ सोमवार ०९:४३ मा प्रकाशित






























