जेठ १७, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । सरकारमा सहभागी हुने तयारीमा रहेको समूह सोही विषयमा छलफल गर्न बालुवाटार पुगेका हुन् ।
अहिले प्रधानमन्त्री ओली र ठाकूर समूहका नेताहरुबीच छलफल भईरहेको छ ।
ठाकुर समूहका एक नेताले बताएअनुसार यसअघिकै छलफलमा ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा सहभागी हुनेबारे सहमती बनेको थियोे । सर्वोच्च अदालतको आदेशसँग अहिले ७ मन्त्रालय खाली छन् । जुन मन्त्रालयको जिम्मेवारी ठाकुर समूहलाई दिने तयारी गरिएको छ ।
आफुँले राखेका मागहरु क्रमिक रुपमा पुरा भएसँगै ठाकुर समूह सरकारमा सहभागी हुन लागेको हो । समूहले नागरिकता अध्यादेश, मधेश आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन कार्यदल गठनलगायतका माग राखेको थियो ।
सम्बन्धित समाचार
राजावादी र मधेशवादीसँग गठबन्धन गराउँदै ओली, विपक्षीलाई हुनसक्छ चुनौति
वि.सं.२०७८ जेठ १७ सोमवार ११:५४ मा प्रकाशित






























