१० जेठ, काठमाडौँ । राधी विद्युत कम्पनीले गत आथिक वर्षको मुनाफाबाट प्रस्तावित ३६.५ प्रतिशत बोनस पश्चात कायम हुने ६४ करोड ६४ लाख रुपैयाँको १४७.५२ प्रतिशत अर्थात १ शेयर वराबर १.४७५२ का दरमा ९५ लाख ३५ हजार ७६०।९९ कित्ता हकप्रद शेयर निष्काशन गर्ने निणर्य गरेको छ ।
हकप्रद निष्काशन गर्ने प्रस्ताव कम्पनीको आगामी १५ औं बार्षिक साधारण सभामा पेश गर्ने तयारी गरेको छ ।
हकप्रद निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ६० करोड रूपैयाँ पुग्नेछ । कम्पनी सञ्चालक समितिको जेठ १६ गते बसेको बैठकले हकप्रद निष्काशन गर्ने निणर्य गरेको हो ।
वि.सं.२०७८ जेठ १७ सोमवार ११:५२ मा प्रकाशित


























