back
CTIZAN AD

मन्त्री आलेको पहलमा आगोले जलेकी महिलालाई काठमाडौँ ल्याइँदै

वि.सं.२०७८ जेठ १७ सोमवार

639 

shares

१७ जेठ, काठमाडौँ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेको पहलमा आगोले जलेकी डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाटको थप उपचार गर्न काठमाडौँ ल्याउनका लागि हेलिकप्टर जाने भएको छ ।

अज्ञात व्यक्तिले यही जेठ १२ गते बुधबार राति आफ्नै घरमा सुतिरहेको बेला प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउँदा उनी जलेर गम्भीर घाइते भएकी थिइन् ।

घाइते भाटको जिल्लामा उपचार गर्न सम्भव नभएपछि मन्त्री आलेको पहल तथा अर्थमन्त्री विष्णु पौडेल तथा गृहसचिव महेश्वर न्योपानेको समन्वयमा निजलाई थप उपचारका लागि काठमाडौँ ल्याउन लागिएको हो ।

आगोले जलेर गम्भीर घाइते भएकी निज महिलाको सरकारी क्षेत्रबाट नै उपचार गर्ने गरी उद्दार गरिन लागेको मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीले बताए । उनले भने, “मन्त्रीज्यूले उपचारका लागि रु २५ हजार पनि प्रदान गर्नु भएको छ, अन्य उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।”

घाइते महिलाको थप उपचार गर्नका लागि काठमाडौँ ल्याउन अहिले काठमाडौँबाट मन्त्री आलेसहितको टोली नेपाली सेनाको हेलिकप्टरमा डोटी जाने तयारीमा रहेको छ । आगोले जलेकी निज महिलाको दिपायल राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

निज महिलाको कम्तिमा पनि ६० प्रतिशत शरीरको भाग आगोले जलेको उपचारमा संलग्न सुजङ अस्पतालका चिकित्सकहरुले जानकारी दिएका छन् । घटना घटे लगत्तै लक्ष्मीका श्रीमान सन्तोष भाट भने फरार रहेको प्रहरीले जनाएको छ । श्रीमान फरार रहेकाले उनले नै घटना घटाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
रासस

वि.सं.२०७८ जेठ १७ सोमवार १५:०० मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...