back
CTIZAN AD

जसपा सरकारमा जाने निश्चित, ८ मन्त्री र २ राज्यमन्त्री पाउने सहमती

वि.सं.२०७८ जेठ १७ सोमवार

819 

shares

जेठ १७, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूह सरकारमा सहभागी हुने भएको छ ।

सोमबार झण्डै चार घण्टा प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका नेताहरुबीच बालुवाटारमा सरकारमा सहभागीबारे छलफल भएको थियो । आजको छलफलमा मन्त्रालय बाँडफाँडसहित ठाकुर समूहले राख्दै आएका मागबारे सहमती भएको छ ।

छलफलमा सहभागी नेता लक्ष्मणलाल कर्णाका अनुसार ८ मन्त्री र २ राज्यमन्त्री पाउने निश्चित भएको छ । जसपा एक/दुई दिनभित्रमा सरकारमा सहभागी हुन्छ ।

‘प्रधानमन्त्रीले सरकारमा आउनुस भन्नुभएको छ, हामीले आपसमा सल्लाह गर्छौं भनेका छौं’ सञ्चारकर्मीसँग कर्णले भने, ‘८ मन्त्री र २ राज्यमन्त्री पाउने कुरामा सहमती भएको अध्यक्ष ज्यूले नै भनिसक्नुभएको छ ।’

छलफलमा दुवै तर्फबाट कार्यदल सदस्यहरुको पनि सहभागिता थियो । कार्यदलमा सुवास नेम्वाङ, राजन भट्टराई, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्णलगायत छन् ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले जसपाको महन्थ ठाकुर समूह र राप्रपासँग सत्ता साझेदारीसहित चुनावी गठबन्धन बनाउने प्रयास गरिरहेका छन् । ठाकुर समूह सहमत भईसकेको भएपनि राप्रपा निर्णयमा पुगिनसकेको बताइएको छ ।

सम्बन्धित समाचार

सरकारमा जाने विषयमा छलफल गर्न महन्थ र राजेन्द्र बालुवाटारमा

राजावादी र मधेशवादीसँग गठबन्धन गराउँदै ओली, विपक्षीलाई हुनसक्छ चुनौति

वि.सं.२०७८ जेठ १७ सोमवार १५:११ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...