back
CTIZAN AD

निजी क्षेत्र र बृहत नागरिक समाजद्वारा ल्याइयो अक्सिजन जेनेरेटर

वि.सं.२०७८ जेठ १७ सोमवार

867 

shares

१७ जेठ, काठमाडौं । कोभिड–१९ को महामारीले निम्त्याएको विकराल अक्सिजन संकटलाई मध्यनजर गर्दै निजी क्षेत्र र नागरिक समाजको पहलमा फ्रान्सबाट १० वटा अक्सिजन जेनेरेटर युनिट नेपालमा ल्याईएको छ ।

अमेरिकी नेपाल मेडिकल फाउन्डेशन, बतास फाउन्डेशन, क्रिएसन, ह्युमानिटी फाउन्डेसन नेपाल, मिसन रिबिल्ड नेपाल, जगदम्बा स्टील, र स्याकार ट्रेड कम्पनी प्रा.लि.लगायत अन्य थुपै्र संघ– संस्थाहरुको सहयोगमा उक्त कार्य अगाडी बढाईएको हाे ।

जानकारहरुका अनुसार अहिले आयत गरिएको एउटा अक्सिजन जेनेरेटरले २४ घण्टामा १५ वटा ४७ लिटरको सिलिन्डर भर्ने र ५० वटा बेडमा सेवा दिन सक्छ । १० वटा अक्सिजन जेनेरेटरले एक मिनटमा ३७५ लिटर अक्सिजन उत्पादन गर्छ । १० वटा अक्सिजन जेनेरेटर युनिट स्थापना गरेमा एकदिनमा ६५० संक्रमितहरुलाई सेवा प्रदानगरि जीवन रक्षा गर्ने सकिने देखिन्छ ।

अहिलेको अक्सिजन संकटको चुनौतिलाई सामना गरि नेपालको क्षमतालाई बलियो बनाउनको लागि यस्तो कार्यको सुरुवात गरिएको उनीहरुको भनाई छ । कोभिड–१९ को महामारीको सम्बोधनका लागि बृहत नागरिक समाजको नेतृत्वमा गरिएको यो एक सबैभन्दा ठूलो पहल हो ।

कोभिड–१९ को दोश्रो लहरले गर्दा गतहप्ता मात्रै एक हजार १० जनाको ज्यान गएको छ । भाइरस संक्रमणको गम्भिरता त छँदै छ, धेरै बिरामीहरु अक्सिजनको अभावले गर्दा पनि उच्च जोखिममा छन् उनीहरुले संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा जनाईएको छ ।

यस्तो परिस्थितिमा अक्सिजनको आवश्यकता परेको समयमा अक्सिजन सिलिंडर मात्र नभएर अक्सिजन जेनेरेटर युनिटहरुको पनि खाँचो छ । कोभिड–१९को प्रकोप बढेकै कारण अवस्थित अक्सिजन जेनेरेटर पूरा प्रयोगमा आएता पनि अक्सिजनको अभाव अझै बढ्दो छ ।

जानकारहरुका अनुसार अहिले आयत गरिएको एउटा अक्सिजन जेनेरेटरले २४ घण्टामा १५ वटा ४७ लिटरको सिलिन्डर भर्ने र ५० वटा बेडमा सेवा दिन सक्छ । १० वटा अक्सिजन जेनेरेटरले एक मिनटमा ३७५ लिटर अक्सिजन उत्पादन गर्छ । १० वटा अक्सिजन जेनेरेटर युनिट स्थापना गरेमा एकदिनमा ६५० संक्रमितहरुलाई सेवा प्रदानगरि जीवन रक्षा गर्ने सकिने देखिन्छ ।

उनीहरुका अनुसार नोभिएरको को ई.एन. प्रिमिएम आर.एस. २७० अक्सिजन जेनेरेटर नेपालको सातवटै प्रदेशमा स्थापना गरिनेछ । जेनेरेटर संचालनको लागि जुन स्थानबाट सबैभन्दा छिटो कामगर्न सकिन्छ त्यहाँबाट अक्सिजन उत्पादन प्रणालीको सुरुवात गरिनेछ । अक्सिजन जेनेरेटर एकपटक हस्तान्तरण भए पश्चात तोकेको स्थानसम्म लागिसकेपछि जडानको लागि तीन दिन लाग्नेछ ।

अक्सिजन जेनेरेटर युनिटहरु नेपालमा आइपुग्ने क्रममा रहेकाछन् । यी अक्सिजन प्लान्टहरुले कोभिड–१९ को दोस्रो लहरको संकटमा तत्काल राहत प्रदान गर्नुका साथै नेपालको समग्र स्वास्थ्य प्रणालीमा सहयोग पुर्याउने छ उनीहरुको विश्वास रहेको छ ।

अक्सिजन फर नेपाल, कोभिड–१९ को दोस्रो लहरको संकटलाई सम्बोधन गर्ने सबैभन्दा ठूलो नागरिक समाज अभियान हो, जहाँ नेपाललगायत बिदेशमा रहेका संघ–संस्था तथा नागरिकहरु एउटै छातामुनि भेला भएका छन् । यस अभियानका साझेदारहरुले अहिलेको अक्सिजन संकटलाई समाधान गर्न नेपालको सात वटैप्रदेशमा १० वटा अक्सिजन अक्सिजन जेनेरेटरयुनिटहरु स्थापना गर्नेछन् ।

“यस्तो पवित्र अभियानमा सहभागी हुन पाउँदा ज्योती ग्रुप अन्तर्गत स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. गर्व गर्दछ । ” स्याकार ट्रेड कम्पनी प्रा.लि. का अध्यक्ष सौरभ ज्योतिले भने, “हामी यस अक्सिजन फर नेपालमा अरु एन. जी.ओ.निजी कम्पनीहरु मिलेर यस्तो महामारीको बेलामा पनि जनतालाई राहत दिनको लागी १० वटा अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्दै छौं ।”

यस्ता मानवीय कार्यमा आफ्नो सिद्धान्तमा रहेर स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. आम जनसमुदाय, समाज र राष्ट्रको लागी परि आएको बेला सधै सहयोग गर्न प्रतिबद्ध रहेको कुरा ज्योतीले जानकारी दिए ।

त्यस्तै क्रिएसनका संस्थापक तथा अध्यक्ष, आनन्द मिश्रले, सानो सानो हातेमालोबाट सुरु भएको यो अभियानले आँटे जत्रोसुकै  चुनौती पनि सामना गर्न सकिन्छ भन्ने महत्वपूर्ण पाठ दिएको वताए ।

“सरकारको मुख ताकेर किंकर्तव्यविमुड बस्नुभन्दा निजी क्षेत्रको साझेदारीमा ठोस परिवर्तन वाहक बन्न हामी सक्षम रहेछौ ।” मिश्रले भने, “सबैको ऐक्यवद्धताले नै यो अभियान सफल भएकाले सबै संस्था तथा व्यक्तिहरू, विशेष गरेर कोभिड अलायन्स फर नेपाल र सि १९ आर ए टिलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु” ।

वि.सं.२०७८ जेठ १७ सोमवार १४:५५ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...