back
CTIZAN AD

यसकारण हुनसक्छ संविधान र संसदको विघटन !

वि.सं.२०७८ जेठ १७ सोमवार

732 

shares

चरम सत्ता लिप्सा राजनीति

नेपाली राजनीतिमा दुईवटा खराब नजीरहरु स्थापित छन् र तिमध्ये पहिलो हो – सत्ता वा सरकारमा पुगेपछि सबै विवादित हुन्छन् र दोस्रो हो सत्ताको प्रश्न आएपछि सबैको होस् गुम्छ । आजका मुख्य नेताहरु सबै प्रधानमन्त्री हुँदा बदनामित र विवादित बने । पछिल्लो संसदीय व्यवस्थाका मुख्य पात्रहरु हेरौं न, गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, बाबुराम भट्टराई र केपी शर्मा ओली सबैका विरुद्व फरक–फरक मुद्दामा संघर्षहरु भए । हाम्रो नियति वा बिडम्बना एउटै बन्यो कि पात्रहरु फेरिए पनि प्रवृत्ति फेरिएन । व्यवस्थाको नाम फेरिए पनि संसदीय व्यवस्था फेरिएन । राजतन्त्र वा सामन्तवाद ढल्यो भनिए पनि सयौं राजाहरु जन्मीए । अहिले देखिएको सत्ता संघर्षमा निष्पक्ष समिक्षा गर्न सकेनौं भने हाम्रो निशाना गलत ठाउँमा हुनेछ । नेपाली जनताहरु सत्ता संघर्षका लागि एक–अर्का विरुद्व हुने लडाईँका शिकार पनि बनेका छन् ।

खासगरी राष्ट्रियता, लोकतन्त्र र प्रतिगमनसँग जोडेर आरोप–प्रत्यारोप भईरहन्छन् । आज प्रतिगामी भनिने पात्रसँग भोली नै सत्ता साझेदारी हुन पनि बेर नलाग्ने जस्तो अपरीपक्क चर्को व्यक्तिगत संघर्षका कारण समस्या भएका छन् । व्यक्तिगत लडाईँलाई पार्टीगत लडाईँमा सहजै बदल्न सकिने हाम्रो राजनीति अनौठो छ । केपी ओली र पुष्पकमल दाहालको मन मिल्नासाथ कति सहजै र छिटै एमाले र माकेबीच एकता भएको थियो । उनीहरुबीच मन नमिल्ना साथ जुन विधिबाट एकता भएको थियो, त्यहि विधिबाट विभाजन पनि भयो । वास्तवमा प्रचण्ड र केपी ओलीको लाईनमा गएको कुरा सहि र वास्तविक हो । डेरावाल र घरबेटीको चर्चामा खास कारण थियो, कसरी एमाले र माकेबीच एकता भयो र कसरी विभाजन भयो भन्ने विषयमा बहसहरु केन्द्रीत छैनन् । यहाँ बहसको निचोड, संसदीय अंकगणित नै एकता वा विभाजनको मुख्य कारण हो ।

हाम्रो नियति वा बिडम्बना एउटै बन्यो कि पात्रहरु फेरिए पनि प्रवृत्ति फेरिएन । व्यवस्थाको नाम फेरिए पनि संसदीय व्यवस्था फेरिएन । राजतन्त्र वा सामन्तवाद ढल्यो भनिए पनि सयौं राजाहरु जन्मीए । अहिले देखिएको सत्ता संघर्षमा निष्पक्ष समिक्षा गर्न सकेनौं भने हाम्रो निशाना गलत ठाउँमा हुनेछ । नेपाली जनताहरु सत्ता संघर्षका लागि एक–अर्का विरुद्व हुने लडाईँका शिकार पनि बनेका छन् ।

ओली र दाहालबीचको गठबन्धन टुट्नुको मुख्य कारण तर्फ ध्यान दिनु जरुरी छ । केपी ओली नेतृत्वको सरकार बनेको २ वर्षसम्म पार्टीभित्र कुनै विवाद भएन, किन ? ओली र दाहालबीच भएको भनिएको आलोपालो प्रधानमन्त्रीको गोप्य तर, लिखित सम्झौताको रहस्योद्घाटन पनि दाहालले नै गरे र फेरी आगामी ५ वर्षका लागि ओली नै प्रधानमन्त्री हुने दाबी र घोषणा पनि उनै दाहालले गरे । आखिर यसको पछाडिको कारण के थियो ? २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाईने संवैधानिक व्यवस्थाका कारण त्यहाँ कुनै सत्ता संघर्षका गृहकार्य हुन पाएनन् । २ वर्षपछि अविश्वासको प्रस्ताव ल्याई सरकार ढाल्न सकिने अवस्था बनेपछि त्यहाँ गुटगत विभाजनहरु तिव्र बने । प्रधानमन्त्री, पार्टी अध्यक्ष र राष्ट्रपतिको पदबीच भागवण्डा गरि माधव नेपाल, पुष्पकमल दाहाल र झलनाथ खनालबीच गुटगत एकता भयो । यो एकता पछि पार्टीमा बहुमतको बलमा ओलीलाई दुवै पदबाट हटाउने र पछि राष्ट्रपतिलाई हटाउने गोप्य योजना बने । तर यो योजना केपी ओलीले थाहा नपाउने कुरै भएन किनकी उनी पनि देशका प्रधानमन्त्री र सत्तारुढ दलका अध्यक्ष थिए । वास्तवमा यो लडाईँ सत्ता हत्याउने र प्रतिशोधको सिद्धान्तमा आधारित थियो । त्यसपछि एकले अर्कालाई सिध्याउने शत्रुतापूर्णं लडाईँमा परिणत भयो ।

प्रधानमन्त्री केपी ओलीको पहिलो संसद विघटनप्रति नेपाली कांग्रेसले खुसी भएन किनकी यो लडाईँ उनीहरुको आन्तरिक विवादका कारण भएको थियो । संसद पुनःस्थापना पछि पनि केपी ओली नै प्रधानमन्त्री रहिरहेपछि भने दाहाल, नेपाल समूहको एकसुत्रीय लडाईँ बन्यो – जसरी हुन्छ ओली हटाऊ अभियान । यही अभियानअन्तर्गत शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने मुद्दामा विपक्षीहरुको एकसुत्रीय सहमती वा एकता भएको हो । जहाँ सरकार वा विपक्षीलाई बहुमत पुग्नका लागि जनता समाजवादी पार्टी निर्णायक बन्यो । यहि मुद्दामा जसपा पनि विभाजित बन्यो र उपेन्द्र यादव अनि बाबुराम भट्टराई एकातिर र महन्त ठाकुर अनि राजेन्द्र महतो अर्कातिर भए । धेरैले जनता समाजवादी पार्टीलाई भारतसँग दाँजेर विश्लेषण गर्दछन् । यदि त्यो आरोप वा विश्लेषण सहि हो भने कतै पनि बहुमत पुग्न नदिई देशलाई अस्थिरता तिर धकेल्न खोज्ने भारतीय रणनीति हुनसक्छ । कतै पनि बहुमत नपुग्नुको अर्थ ओली सरकारलाई नै बढि राहत पुग्ने तत्कालिन विश्लेषण सही हुने देखिन्छ ।

विपक्षी समिकरणको दयनीय अवस्था

दोस्रो पटकको संसद विघटनको परीदृश्य अलि रोचक बन्यो । यो विघटन हतार–हतारमा र योजनाबद्ध रुपमा संवैधानिक प्रक्रिया पुरा गर्ने नाटकीय आव्हानहरु भए । संविधानमा तोकिएका र सर्वोच्च अदालतद्धारा गरिएका व्याख्यालाई समेत आधार बनाई विघटनको घोषणा गरिएको छ र यो विषय पुनः सर्वोच्च अदालतमा विचाराधीन र बहसकै क्रममा छ । बाहिर हेर्दा प्रधानमन्त्री केपी ओलीविरुद्वको घेराबन्दी विशाल बनेको छ । संसदमा भएका एमाले ईतरका अधिकांश दलहरुबीच मोर्चाबन्दी भएकै छ र एमालेकै नेपाल, खनाल समूह पनि सबैभन्दा आक्रामक रुपमा लागिपरेको छ ।

संसद बाहिरको ओलीविरुद्वको मोर्चाबन्दी जति विशाल भएपनि संसदभित्र भने त्यो दयनीय छ । उदाहरणका लागि अहिलेको सत्ता समिकरणमा निर्णायक पक्ष जसपा र एमालेकै माधव नेपाल समूह । जसपा संसदीय दलमा महन्थ ठाकुर पक्ष सशक्त बन्यो र बाबुराम तथा उपेन्द्र यादव समूह एक्लीँदै छ । पार्टीको नाम उपेन्द्र र बाबुरामको पक्षमा गएपनि संसदीय दल महन्थ ठाकुरतर्फ जाने अवस्था बनेको छ । उता माधव नेपाल समूहका सांसदहरुको आयू केपी ओलीको हातमा थियो र रहन्छ । संसदको यो अवस्था र अंकगणितले प्रधानमन्त्री केपी ओलीलाई राहत दिएको छ ।

अदालतका सम्भावित फैसला पछि

अहिले संसद विघटनको निर्णय संवैधानिक कि असंवैधानिक भन्ने विषयमा सर्वोच्च अदालतमा बहस हुँदै छ । अहिलेको बसह संसद पुनः स्थापना वा नयाँ चुनाव भन्नेमा केन्द्रीत छ । अदालतको निर्णय पछि मुलुक नयाँ राजनीतिक संकटमा फस्ने अवस्था बन्दै छ । संसद पुनःस्थापना वा नयाँ चुनावमध्ये कुनै एक विकल्पलाई अदालतले किनारा लगाउने छ । यदि संसद पुनःस्थापना भएपनि वर्तमान राजनीतिक समिकरण कायम रहेको अवस्थामा विपक्षी गठबन्धनको बहुमत पुग्ने अवस्था रहन्न । यदि माधव नेपाल समूहसँग सहमती नभए ओलीको पक्षमा पनि बहुमत पुग्ने अवस्था हुँदैन । फेरी पनि प्रधानमन्त्रीमा ओली नै कायम रहने सम्भावना प्रबल देखिन्छ । अहिलेको संसदको अंकगणितमा प्रधानमन्त्री केपी ओलीलाई हटाउन निकै गाह्रो हुने देखिन्छ । यदि संसद विघटन सदर भए तत्कालिन रुपमा केपी ओलीको जीत हुनेछ । ६ महिना पछि के होला भनेर फेरि बहस चल्नेछ । जुन विकल्पमा गए पनि संसदीय व्यवस्थाको अन्त्य हुने सम्भावना प्रबल देखिन्छ । राष्ट्रपति शासन, सैन्य शासन, राजतन्त्रको पूर्नबहाली वा जनमत संग्रहबाट नयाँ निकास जुनसुकै विकल्पको सम्भावना पनि उच्च रहन सक्छ ।

अहिलेको संसदको अंकगणितमा प्रधानमन्त्री केपी ओलीलाई हटाउन निकै गाह्रो हुने देखिन्छ । यदि संसद विघटन सदर भए तत्कालिन रुपमा केपी ओलीको जीत हुनेछ । ६ महिना पछि के होला भनेर फेरि बहस चल्नेछ । जुन विकल्पमा गए पनि संसदीय व्यवस्थाको अन्त्य हुने सम्भावना प्रबल देखिन्छ ।

विघटनको संघारमा व्यवस्था

कतिपयको विश्लेषण छ कि यो संविधान बन्दा भारतलाई मन परेको थिएन । मेरो विचारमा यो व्यवस्था भारतकै ईशारामा ल्याइएको हो । संसदीय व्यवस्था भारतकै मार्गदर्शन थियो । केहि राष्ट्रिय मुद्दाहरुमा भारतले हस्तक्षेप गर्न चाहन्थ्यो । तर, तत्कालिन समय संसदीय नेतृत्वमा एकता कायम भएकाले सोंचेभन्दा कम लाभ भारतलाई भएको हुन सक्छ । नेपालका क्रान्तिकारी शक्तिहरुलाई वा माओवादी आन्दोलनलाई दिग्भ्रमीत वा विघटन गराउन सफल भएकोमा देशी विदेशी शक्तिहरु प्रफुल्ल नै थिए । केहि क्रान्तिकारी शक्तिहरुले यो संविधानलाई अस्वीकार गरि अर्को संविधान पनि जारी गरेका थिए । क्रान्तिकारीहरुको सशक्त बहिस्कारका बीच संसदीय चुनाव सम्पन्न भएको थियो । संसदीय चुनावमा ओली र दाहाल गठबन्धनले करिब दुई तिहाई बहुमत ल्याएको थियो । अहिले गठबन्धन टुटेको छ र दुवै पक्षबीच प्रतिशोध र बदलाको लडाईँ उत्कर्षमा पुगेको छ । ओलीबाट पराजीत माधव नेपाल र पुष्पकमल दाहाल अहिले शेरबहादुर देउवाको वैशाखी टेकेर बलियो बन्न खोज्दैछन् । दुई पटकसम्म संसद विघटनको सिफारिस हुनु संसदीय व्यवस्थाकै विघटनको संकेत हो । अहिले त संसद मात्र विघटन भएको छ तर, यो व्यवस्थाकै अन्त्यतिर जाँदैछ ।

सत्तारुढ दलको लडाईँमा प्रतिपक्षी नेपाली कांग्रेस नमुछीएको भए केहि सम्भावना बाँकी रहन्थ्यो । तर आज सत्ता संघर्षमा यो संविधानको औचित्य समाप्त भएको छ । आज दुई पक्षबीचको लडाईँ प्रतिशोध र बदलाको भावतर्फ जाँदैछ । कसले कसलाई सिध्याउने भन्ने प्रवृत्तिको उतारचढाव बढिरहेको छ । यदि माधव नेपाल र प्रचण्डले जीतेको भए केपी ओली जेलमा जान्थे र राष्ट्रपतिमाथि महाअभियोग लागि सक्थ्यो । कतिपय विश्लेषकले भनेका छन् कि माधव नेपाल र प्रचण्डलाई जेल लैजाने तयारी हुँदैछ । राष्ट्रपतिविरुद्वको मुद्दा अदालतमा विचाराधीन छ । यसरी राष्ट्रपति र प्रधानमन्त्री दुवै विवादित भएका छन् । उता सभामुख र प्रधानमन्त्रीबीचको लडाईँले अर्को संकट ल्याउँदैछ । सभामुखले विशेषाधिकारको प्रयोग गर्दै बैकल्पीक सरकारको निर्माण गर्नेसम्मको अभ्यास गर्दैछन् भन्ने चर्चा पनि चलेको छ । नेपाली कांग्रेसको वैद्यानिकतामा टेकेर समानान्तर सरकारसम्मको महत्वाकांक्षा बढ्दै छ । अदालत दोहोरो आक्रमणको चेपुवामा छ ।

अब पनि हामी संसद पुनःस्थापना वा संसदीय निर्वाचनको पक्षमा व्यक्तव्यबाजी गर्दै बस्नु गलत हुन्छ । यो संविधानको अन्त्य, संसद विघटन र संसदीय व्यवस्थाकै अन्त्य हुने अवस्था आउँदा क्रान्तिकारी, प्रगतिशील र राष्ट्रवादी शक्तिहरुको समिकरण बलियो बन्न जरुरी छ । यदि अग्रगामी विकल्पका लागि पहल पुगेन भने देश प्रतिगामी विकल्पमा जान सक्छ ।

बन्ला त समानान्तर सरकार ?

सभामुख अग्नि सापकोटाविरुद्वको ज्यान मुद्दा अदालतमा विचाराधीन नै छ । कसैले भन्छन्, उनको घाँटीमा तरबार झुण्डीएको छ । उता सभामुखले विघटित संसद अधिवेशन बोलाउन सक्ने भन्दै केहि कानूनविद्हरुसँग परामर्श गरेको समाचार बाहिर आएका छन् । के अदालतबाट निर्णय नआउँदै समानान्तर सरकारको निर्माणमा सभामुखले पहल लिन सक्लान् त ? पछिल्लो पटक कानूनविद्हरुको भूमिका हेर्यो भने प्रष्टै हुन्छ कि निष्पक्ष र स्वतन्त्र दृष्टिकोणको अभाव र संकट देखिन्छ । वातावरणलाई भड्काउने काममा कानून व्यवसायी र ठूला सञ्चारमाध्यमहरु लागिपरेका छन् । यो संसदीय व्यवस्था र आफैंले बनाएको संविधानलाई बदनाम गराउने काममा सबैको मिलेमतो वा अघोषित एकता देखिन्छ । विश्लेषकहरु भन्छन् – दुवै पक्षलाई लडाउने एउटै शक्ति केन्द्र हुन् । दुवै पक्षमध्ये कोही पनि आफ्नो खुट्टामा उभिएका छैनन् । अरुको वा विदेशी शक्ति केन्द्रको खुट्टामा टेकेर लड्नेहरुमध्ये को कहाँ पछारिने हो त्यो भने हेर्न बाँकी नै छ ।

क्रान्तिकारी र राष्ट्रवादी शक्तिहरुको भूमिका

चार संयुक्त रणनैतिक मोर्चाको एउटा नारा सही थियो, त्यो हो – संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद वा संघीय जनगणतन्त्र । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले स्पष्ट गरेको छ कि संयुक्त प्रगतिशील सरकार र जनमत संग्रहको माध्यमबाट वैज्ञानिक समाजवाद स्थापना गरौं । पछिल्लो समय संसदीय व्यवस्थाको संकट बढ्दैछ र करिब करिब यो संविधान कागजको खोस्टोमा परिणत हुँदैछ ।

अब पनि हामी संसद पुनःस्थापना वा संसदीय निर्वाचनको पक्षमा व्यक्तव्यबाजी गर्दै बस्नु गलत हुन्छ । यो संविधानको अन्त्य, संसद विघटन र संसदीय व्यवस्थाकै अन्त्य हुने अवस्था आउँदा क्रान्तिकारी, प्रगतिशील र राष्ट्रवादी शक्तिहरुको समिकरण बलियो बन्न जरुरी छ । यदि अग्रगामी विकल्पका लागि पहल पुगेन भने देश प्रतिगामी विकल्पमा जान सक्छ । अग्रगामी विकल्पका लागि खुल्ला र विशाल हृदयका साथ समिकरण निर्माणमा ध्यान पुग्नु जरुरी छ । आजको आवश्यकता हो – नयाँ आधारमा नयाँ राष्ट्रिय एकता । अब पुराना समिकरण, दृष्टिकोण र संरचनाहरुले थेग्न सक्ने अवस्थाको अन्त्य भएको छ ।

वि.सं.२०७८ जेठ १७ सोमवार १४:५१ मा प्रकाशित

स्मृतिदेखि सामाजिक अभियानसम्म : शहीद कुसुम स्मृति प्रतिष्ठान

स्मृतिदेखि सामाजिक अभियानसम्म : शहीद कुसुम स्मृति प्रतिष्ठान

हरियाली डाँडाकाँडा, वनजंगल, खोलानाला र ग्रामिण दृश्यले भरिपूर्ण पहाडी क्षेत्र...

बिर्सँदै गएको इतिहास, जोगाउनुपर्ने गणतन्त्र

बिर्सँदै गएको इतिहास, जोगाउनुपर्ने गणतन्त्र

हरेक वर्ष ज्येष्ठ १५ गतेको सुनौलो बिहानीसँगै नेपाली जनताको स्मृतिमा...

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

१. पृष्ठभूमि नेपाली समाज र यसको अर्थतन्त्रमा देखिएको विडम्बना वा...

 सक्कली माननीय

 सक्कली माननीय

“माननीय” शब्द संस्कृत मूलबाट आएको हो। “मान” अर्थात् सम्मान, आदर,...

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...