back
CTIZAN AD

नेप्सेमा उच्च अंकको गिरावट, कारोबार रकम भने १४ अर्ब नजिक

वि.सं.२०७८ जेठ १७ सोमवार

759 

shares

१७ जेठ, काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर काराेबार परिसूचक (नेप्से)मा उच्च अंकको गिरावट देखिएको छ ।

अधिकांस समूहको सूचक नकारात्मक देखिएको आजको बजारमा करोबार रकम भने १४ अर्ब नजिक देखिएको छ ।

आज नेप्सेमा ४५ दशमलब ०७ अंकले गिराबट आएर २७८२ दशमलब ८६ बिन्दुमा कायम भएको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि ६ दशमलब ५० अंकले घटेर ५०० दशमलब ५५ बिन्दुमा कायम भएको नेप्सेले जनाएको छ ।

सूचिकुत मध्ये २१८ कम्पनीका १३ अर्ब ९० करोड ९१ लाख १३ हजार २९१ रुपैंया बराबरको ३ करोड ८ लाख ८८ हजार ६९५ कित्ता सेयर किनबेच भएको छ । तीनको कारोबारमा १ लाख ४८ हजार ७१५ पटक लेनदेन भएको छ ।

आज सबैभन्दा बढी जल बिद्युत समूहको कारोबार भएको छ । सो समुहको ५ अर्ब ७१ करोड ५५ लाख ९८ हजार रुपैंयाँ बराबरको करोबार भएको छ ।

त्यस्तै केहि दिनदेखि सनरन्तर ओरालो लागेको लघु बित्तको पनि उल्लेख्य कारोबार भएको छ । राधि बिद्युत कम्पनी, सेन्ट्रल फाइनान्स, नारायणी डेभलोपमेन्ट बैंक लगायतका २६ कम्पनीका लगानीकर्ताले कमाउँदा बरुण हाईड्राे, नेपाल हाईड्रो डेभलपर्स, छ्याङ्दी हाईड्रो लगायतका १४५ कम्पनीका लगानीकर्ता गुमाउँनेमा परेका छन् । २ कम्पनीको सूचकमा भने कुनै पनि परिवर्तन आएको छैन ।

Market Information
Symbol Current Chng Chng %
2,782.86 -45.07 -1.59
500.55 -6.50 -1.28
192.12 -2.90 -1.49
163.97 -2.05 -1.23
Symbol Current Chng Chng %
1,857.85 -19.14 -1.02
3,649.38 -56.97 -1.54
1,725.88 -8.86 -0.51
3,516.92 -0.81 -0.02
2,885.88 -129.93 -4.31
101.46 -0.98 -0.95
18,176.88 -356.90 -1.93
5,751.01 -94.14 -1.61
5,350.61 -10.05 -0.19
14.71 0.04 0.24
14,444.80 -380.88 -2.57
2,090.66 -51.63 -2.41
4,268.54 -168.09 -3.79

 

वि.सं.२०७८ जेठ १७ सोमवार १५:४२ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...