१७ जेठ, काठमाडौं । नेपाल प्रहरीले सामाजिक संजाल, फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, भाइबर, इमो लगायतका सामाजिक संजालमा भिडियो कल गरेर अश्लिल कार्य गर्नेहरुबाट साबधान रहन अनुरोध गरेको छ ।
केही समयदेखि केही व्यक्ति तथा आपराधिक समुहले विभिन्न सामाजिक संजालबाट भिडियो कल गरेर अश्लिल क्रियाकलाप गर्ने र अर्को व्यक्तिलाई पनि गर्न लगाइ भिडियो बनाएर साइबर अपराधमा फसाईदिन्छु भन्दै पैसा माग्ने गरेको र पारिवारीक तथा सामाजिक जीवन तहसनहस गराइदिन्छु भन्ने धम्कीहरु आएको भन्दै प्रहरीले त्यस्ता क्रियाकलाप नगर्न सर्वसाधारणलाई सजग गराएको हो ।
‘अपरिचित व्यक्ति आफैले अश्लिल क्रियाकलाप देखाई सम्बन्धीत व्यक्तिलाई उक्साई अनैतिक कुराकानी तथा अश्लिल क्रियाकलापमा संलग्न हुने वातावरण बनाई, अनैतिक/अश्लिल क्रियाकलापमा संलग्न गराएपश्चात उक्त भिडियो कलको रेर्कड गरी साइबर अपराधमा फसाइदिन्छु, सामाजिक तथा पारिवारीक सम्बन्ध तहस नहर गराइदिन्छु भन्ने किसिमको धम्की दिई बारम्बार रकम माग गर्ने गरेको घटनाहरु बढ्दै गएको हुँदा सम्पूर्ण सामाजिक संजाल प्रयोगकर्ताहरुलाई यस्तो क्रियाकलापप्रति सजग रहन तथा आपराधिक व्यक्ति तथा समूहको शिकारबाट जोगिन, प्रलोभनमा परी कोही कसैसँग पनि यस्तो प्रकारको भिडियो कल, भ्वाइसकल नर्गनु हुन सूचित गरिन्छ ।’ प्रहरीद्धारा जारी सूचनामा भनिएको छ ।
वि.सं.२०७८ जेठ १७ सोमवार १५:४९ मा प्रकाशित






























