back
CTIZAN AD

एनआरएनए अमेरिकाको अध्यक्षमा सुवेदी र वरिष्ठ उपाध्यक्षमा पन्त, यस्तो छ निर्वाचित हुनेहरुको नामावली

वि.सं.२०७८ जेठ १७ सोमवार

792 

shares

१७ जेठ, अमेरिका । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१– २०२३ कार्यकालको लागि चुनाव गत मे ३० सम्पन्न भै नतिजा समेत सार्वजनिक भैसकेको छ ।

मे २९ र ३० मा विधुतिय प्रणालीबाट सम्पन्न निर्वाचनमा बुद्धि सागर सुवेदीले आफ्ना ३ प्रतिस्पर्धीलाई पछि पार्दै २०२१–२०२३ का लागि अध्यक्ष पदमा विजयी भएका हुन् ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा कृष्ण जीबी पन्त बिजयी भएका छन् । पन्त कृष्ण लामिछाने समूहका हुन् भने उनि वर्तमान उपाध्यक्ष हुन् । पन्त २०१९–२०२१ मा उपाध्यक्ष पदमा विजयी हुँदा सर्वाधिक मत प्राप्त गरेका थिए ।

गत शनिवार र आइतवार भएको मतदानमा ७८ दशमलव ३२ प्रतिशत म खसेको थियो । मतदानका लागि कुल २०,१३९ मतदाता रहेकोमा १५,७६८ ले मतदान गरेका थिए । सुवेदीले ५ हजार ६ सय १८ मत ल्याई विजयी भएका छन् भने कृष्ण लामिछानेले ५ हजार २ सय ६८ मत ल्याई दोस्रो स्थान भएका छन् ।

यसैगरि तेस्रो स्थानमा डा अर्जुन बञ्जाडे रहेका छन् भने उनले ४ हजार १ सय भोट ४८ मत ल्याएका छन् । यसैगरी ५६७ मत ल्याई तिलक केसी चौथो स्थानमा परेका छन् । एनआरएनए अमेरिकाको निर्वाचनमा १५ हजार ७ सय ६८ भोट खसेको छ भने कुल मत २० हजार १ सय ३८ रहेको थियो ।

निर्वाचन आयोगले दिएको आधिकारिक जानकारी अनुसार कूल २०,१३९ मतदाता रहेका थिए । त्यसमध्ये १५,७६८ अर्थात ७८.३२% मत खसेको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका २०२१ का बिजयी उम्मेदवारहरुहरुमा अध्यक्षमा–बुद्धि सागर सुवेदी तथा बरिष्ठ उपाध्यक्षमा–कृष्ण जीबी पन्त, उपाध्यक्षहरुमा गोपेन्द्र भट्टराई, सुमन थापा, डिलु पराजुली र बिकासराज उप्रेती बिजयी भएका छन । त्यस्तै महिलातर्फ उपाध्यक्षमा दिक्षा बस्नेत बिजयी भएकी छिन् ।

महासचिवमा अन्जन कुमार चौलागाई, सचिवमा अनुप खनाल, महिलातर्फ सचिवमा सुनिता कंडेल (महिला तर्फ), कोषाध्यक्षमा राजीव श्रेष्ठ तथा सहकोषाध्यक्षमा अग्नि ढकाल बिजयी भएका छन् ।

त्यस्तै महिला संयोजकमा सुन्दरी गुरुङ, युवा संयोजकमा त्रिभुवन पाण्डे बिजयी भएका छन् भने रिक्त रहेको प्रवक्ता पदमा पछि मनोनित गरिने बताइएको छ ।
त्यस्तै संचालक समिति सदस्य (बोर्ड अफ डाइरेक्टर) मा चिकित्सक प्रकाश श्रेष्ठ, बिशाल राना, बाला घिमिरे, डोलनाथ घिमिरे, प्रल्हाद सापकोटा, ज्ञानेन्द्र गुरुङ सन्तोष पहारी, आशिष संग्रौला, शान्ति पौडेल, बिश्व राज बास्तोला, दुर्गेश कार्की तथा राज ढुंगाना बिजयी भएका छन् ।

त्यस्तै आइसीसी सदस्यहरुमा अमृत सापकोटा, संजीव कुमार श्रेष्ठ, बिन्दु निरौला, सुरेन्द्र मल्ल, संजय थापा, गोविन्द सुबेदी, नारायण कंडेल, बिनोद तिवारी तथा बिष्णु शाह बिजयी भएका छन् ।

वि.सं.२०७८ जेठ १७ सोमवार १८:१७ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...