back
CTIZAN AD

लकडाउनको बेला चर्चामा आएकी ‘साइकल केटी’ ज्योतीको बुबाको निधन

वि.सं.२०७८ जेठ १७ सोमवार

783 

shares

१७ जेठ, भारत । साइकल केटीको नामले चर्चामा आएकी ज्योतीको बुबाको निधन भएको छ । ज्योति त्यही केटी हुन् जसले आफ्नो बिरामी बुबालाई साइकलमा राखेर १२०० किलोमिटर टाढाको गुरुग्रामबाट ८ दिनमा आफ्नो गाउँ दरभंगा पुगेकी थिइन् ।

कोरोना भाइरस(कोभिड १९) को पहिलो लहर चलिरहँदा त्यहाँको सरकारले गरेको लकडाउनका बेला बिरामी बुबालाई साइकलमा राखेर यति लामो यात्रा गरेपछि उनी साइकल केटीको नामले चर्चित बनेकी थिइन ।

भारतीय संचारमाध्यमले जनाए अनुसार बिहारको दरभंगा निवासी साइकल गर्ल ज्योति कुमारीका बुबा मोहन पासवानको हृदयघातको कारण मृत्यु भएको हो । ज्योतीका बुबाले सोमबार उनको आफ्नै गाउँ सिरहूलीमा अन्तिम सास लिए ।

साइकलबाट यति लामाे यात्रा गरेकी ज्योतीको प्रशंसा संसारभरका भिडियाले गरेका थिए । अमेरिकाका पूर्व राष्ट्र डोनाल्ड ट्रम्पकी छोरी इवान्का ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सराहना गरेका थिए ।

ज्योतिको बुबाको मृत्युपछि परिवारमा कमाउन कोही पनि छैनन् । ज्योतिले आफ्नो परिवारलाई सहयोगका लागि सबैसँग आग्रह गरेकी छन । उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि सहयोगको लागि अनुरोध गरेकी छन् ।

प्रधानमन्त्री मोदीले यहि वर्षको २५ जनवरीमा संसारमाध्यमसँगको कुराकानीमा साइकल गर्ल ज्योतिलाई यस पटक प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कार २०२१ बाट सम्मानित गरिने जानकारी गराएका थए ।

ज्योतिका बुबा मोहन पासवान दिल्लीमा रिक्शा चलाएर परिवारको पेट पाल्थे । एक दुर्घघनामा परेर उनको घुँडा भाँचिएको थियो । घाउहरू निको भएपनि राम्ररी हिंड्न पनि सक्दैनथे । अब के गर्ने भन्ने सोच्न नपाउँदै देशैभर लकडाउन सुरु भयो । जम्मा गरिराखेको पैसा र खानेकुरा सकिँदै गयो, तब भोकले मर्नुपर्ने अवस्था आयो । त्यसबेला उनीहरुलाई केवल एक मात्र बाटो भनेको घर फर्किनु थियो । त्यसपछि १३ वर्षीया ज्योतिले साइकलमा बसेर बुबालाई गाउँमा लिएर आईन् ।

वि.सं.२०७८ जेठ १७ सोमवार १९:२६ मा प्रकाशित

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

पर्वत जिल्ला, महाशिला लुँखुका स्व गुप्तबहादुर मल्ल र श्रीमती सय...

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

फेरि नयाँ संसद भित्र धक्कामुक्का भयो।  युट्यूव तथ टेलिभिजन स्क्रिनमा...

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

पोल्याण्ड – विदेशी भूमिमा नेपाली सामानको ब्रान्ड बनाउन दशकौं संघर्ष गरेका...

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा वर्षभरिमा कति नेपालीहरु आउंदा होलान ? अनुमान गर्न सक्नु...

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

ट्रेड युनियन  अधिकारका सन्दर्भमा :  वर्तमान सरकार गठन भएको १...