१८ जेठ, काठमाडौँ । एनएलजी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ सम्मको संचि मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।
हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ९ करोड रुपैयाँ रहेको छ । प्रस्तावित १० प्रतिशत बोनस शेयर वितरण पछि भने एक अर्ब २० करोड रुपैयाँ पुग्नेछ । दोस्रो बजारमा सोमबार कम्पनीको शेयर मूल्य ११९३ रुपैयाँ रहेको थियो ।
वि.सं.२०७८ जेठ १८ मंगलवार १०:५५ मा प्रकाशित



























