१८ जेठ, काठमाडौं । वरिष्ठ अर्थशास्त्री डा. गोविन्दबहादुर थापा(Dr. Govinda Bdr. Thapa)को कोरोना संक्रमणका कारण निधन भएको छ । कोरोना संक्रमणका कारण शहीद गंगालाल अस्पतालमा भर्ना भएका थापाको मंगलबार बिहान निधन भएको हो ।
थापाले राष्ट्र बैंकको कार्यकारी निर्देशक, अर्थमन्त्रालयको बरिष्ठ आर्थिक सल्लाहकार, एसियाली विकास बैंकको निर्देशक, नेपाल वायुसेवा निगमको अध्यक्षको जिम्मेवारीसमेत सम्हालेका थिए । उनी नेकपा एमालेको अर्थ योजना, अनुसन्धान विभागको सचिवसमेत रहेका थिए ।
थापाको निधनमा दुःख व्यक्त गर्दै नेकपा एमालेका नेताहरुले एक वरिष्ठ अर्थशास्त्री गुमाएको बताएका छन् ।
उनको श्रीमती, एक छोरा डा. विजय, छोरी डा लक्ष्मीलगायत परिवारजनमा हार्दिक समवेदना ।
वि.सं.२०७८ जेठ १८ मंगलवार १०:५१ मा प्रकाशित




























