१८ जेठ, भारत । योगगुरु रामदेव(Ram_Dev) को विरोधमा त्यहाँका रेसिडेन्ट डाक्टरहरुले आजको दिनलाई ‘कालो दिवस’ (Black Day) मनाउने भएका छन् ।
एलोपेथिक उपचारलाई लिएर रामदेवले केही दिन यता दिएको बयानलाई लिएर भारतभरका डाक्टरहरु रामदेवलाई कारवाही हुनुपर्ने माग गर्दै आएका छन् ।
यसैको विरोध स्वरुप आज रेसिडेन्ट डाक्टरहरुको संस्थाले कालो दिवस मनाउने भएको हो । कालो दिवस मनाएपनि आफूहरुले बिरामीको उपचारलाई भने नियमित गर्ने जनाएका छन् ।
फेडेरेशन अफ रेसिडेन्ट डाक्टर्स एसोसिसन इण्डिया(फोर्डा) ले आफ्नो सबै सदस्य डाक्टरहरुहरुलाई कालो दिवस भिन्न भिन्न तरिकाले मनाउन भनेका छन । आज सबै हेल्थकर्मीहरु पीपीइ लगाएर कालो पटिट् बाधेर बिरामीको सेवा गर्नेछन् ।
राजधानी दिल्लीस्थित एम्सका रेसिडेट डाक्टरहरुले कालो दिवसको समर्थन गर्दै प्रदर्शनमा सहभागिता जनाउने भएका छन् । उनीहरु सबैले कालोपट्टि बाँधेर बिरामी हेर्नेछन् ।
एलोपेथिकका बारेमा योगगुरु रामदेव र डाक्टरहरु आमनेसामने छन् । विगत केही दिनमा रामदेवको त्यस्तो कथनहरु बाहिर आइसकेका छन जसको कारणले देशका चिकित्सकहरु आक्रोशित छन्।
भारतीय मेडिकल एसोसिएशन (आईएमए) र अखिल भारतीय चिकित्सा संघ (फेमा) ले रामदेवलाई कानुनी सूचना दिइसकेको छ, देशका विभिन्न भागहरूमा उनी विरुद्ध मुद्धाहरु दर्ता भएका छन् ।
रामदेवले एक बयानमा एलोपेथिकको उपहास गर्दै दावी गरेका थिए कि ‘यसले मानिसहरूलाई मार्दैछ।” विवाद बढेसँगै उनले आफ्नो बयान फिर्ता लिइसकेका छन् । उनले बयानमा भनेका छन् ‘मेरो एलोपेथिकलाई गलत देखाउने कुनै इरादा हैन, सिर्फ केही औषधी कम्पनीहरुले गलत फाइदा उठाइरहेको प्रति सवाल गरेको हुँ ।’ (एजेन्सी)
वि.सं.२०७८ जेठ १८ मंगलवार १०:३४ मा प्रकाशित





























