back
CTIZAN AD

उपेन्द्र यादव पक्षद्धारा महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्काशन

वि.सं.२०७८ जेठ १८ मंगलवार

759 

shares

जेठ १८, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार जना नेतालाई पार्टीबाट निष्काशन गरेको छ ।

मंगलबार बसेको बहुमत केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोसहित नेताहरु लक्ष्मणलाल कर्ण र सवेन्द्रनाथ शुक्लालाई निष्काशन गरेको हो ।

बालकुमारीमा बसेको कार्यकारिणी सभाको बैठकले उनीहरूलाई औपचारिक रुपमा निष्कासन गरेको नेता इस्तियाक राईले जानकारी दिए । उनका अनुसार निष्कासनको निर्णय सोमबार नै गरिएको थियो ।

यसअघि अध्यक्ष यादवले ठाकुरसहित वरिष्ठ नेता महतो, शुक्ल र कर्णलाई गत जेठ १५ मा २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण सोधेका थिए । तर तीन दिन बित्दासम्म स्पष्टीकरण जवाफ नआएपछि निष्कासनको निर्णय लिएका हुन् ।

गत जेठ ८ मा बसेको बहुमत कार्यकारिणी सदस्यको बैठकले कारबाहीसम्बन्धी सम्पूर्णं अधिकार अध्यक्ष यादवलाई दिएको थियो । यादवले सोही अधिकारलाई प्रयोग गर्दै कारबाही गरेका हुन् । यादव पक्षले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने जुनसुकै नेतालाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएको थियो ।

ठाकुर समूह प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा जाने अन्तिम तयारीमा थियो। सोमबार मात्रै ओली र ठाकुर समूहबीच मन्त्रालय बाँडफाँडबारे सहमती भएको थियो ।

कार्यकारिकारिणीमा बहुमतमा छन् उपेन्द्र

जसपामा कार्यकारिणी समितिलाई सबैभन्दा शक्तिशाली इकाईको रुपमा लिइन्छ । जसमा उपेन्द्र पक्ष बहुमतमा छ ।

५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा यादव पक्षमा ३१ जना सदस्य देखिएका छन् । जसमा ठाकुर समूहतिर जम्मा ३८ प्रतिशत अर्थात् २० जनामात्रै देखिएका छन् ।

पार्टी एकता गर्दा तत्कालिन समय पूर्वराजपा पक्षमा २६ र समाजवादी पक्षमा २५ सदस्य थिए । तर पछिल्लो विभाजनमा पूर्वराजपा समूहका महेन्द्रनारायण यादवसहित ६ जना यादव पक्षमा जोडिएका थिए ।

 

सम्बन्धित समाचार

महन्थ ठाकुर पक्षलाई कारबाही गर्ने उपेन्द्रको तयारी, बोलाए कार्यकारिणी समितिको बैठक

वि.सं.२०७८ जेठ १८ मंगलवार १४:०१ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...