back
CTIZAN AD

योगमाया न माक्स ! दुवैको सिद्धान्त पोलेर खानेहरु मुर्दावाद !

वि.सं.२०७८ जेठ १९ बुधवार

1K 

shares

धर्म राज्य स्थापना गर्न सरकार सँग माग राख्दै र आन्दोलन गर्ने र ज्यानको आहुति नै दिने योगमाया र तिनका अनुयायीहरु अनि साम्यवाद स्थापना गर्न भन्दै कहिले झापा विद्रोह त कहिले जनयुद्ध भन्दै अनेक वाहानामा लड्ने र सोझा कार्यकर्ता मार्न र मर्न उक्साउने कम्युनिष्टको लेप लगाएका नेता र तिनका अनुयायीहरु आखिर योगमायाले चाहेको धर्म राज्य र कम्युनिष्टले भन्ने ले भन्ने गरेको साम्यवाद उस्तै उस्तै त रहेछ । हैन र ?

योगमायाले त्यो समयमा पनि जातियता विरुद्ध, सतिप्रथा विरुद्ध, मान्छे वेचविखन गर्ने वधँुवा प्रथा अर्थात् कम्लरी प्रथा विरुद्ध, विधुवा महिलामाथि गरिने अत्याचार विरुद्ध, वालबिवाह र अनमेल बिवाह विरुद्ध, हिन्दु धर्मका नाममा गरिने व्रम्हलुट जस्तै, मान्छे मरेपछि उस्लाइ स्वर्ग तार्न भन्दै गराइने अनेक दान दक्षिणा लगायतका कुरामा उनले खुलेर विरोध गरेकी रहिछन् । उनले आफ्नो जीवनमा नै व्याहारीक रुपमा नै लागु गरेकी पनि रहिछन् ।

तर कम्युनिष्टहरु ? वोल्ने एउटा, गर्ने अर्को । व्यबहारमा जिरो !
प्रगतिशील विचार धारा रे ! प्रगतिशील विवाह रे ! प्रगतिशील संगठन् रे ! प्रगतिशील शिक्षक संगठन् रे ! अनि लास्टमा ति सवैजना कम्युनिष्ट पार्टीको नेता, कार्यकर्ता र चिन्तक हुन् ।

प्रगतिशील भनेको के हो ? चिन्तन हो कि ? व्यवहार हो कि ? सामान्य सोच हो कि ? के हो ? जव मार्च ८ तारिक आउँछ ,त्यति वेला एनजिओ र आइएनजिओका अभियान्ताहरु महिला हिंसाकाविरुद्ध ठूला–ठूला पम्प्लेट र प्लेकार्ड वोकेर सडकमा उत्रिन्छन् । जव मे १ आउँछ तव फेरि मजदुरको न्याय र उनिहरुविरुद्ध हुने हिंसाका विरुद्ध भन्दै अर्का अभियन्ता आउछन् । तर, ति प्राय वाहिर अभियन्ता र भित्र चाहिं महिला हिंसाका ठेकेदार हुन्छन् । जागिरेहरुको काम ठेकेदारले अह्राए अनुसार गर्नै पर्यो । प्लेकार्ड वोक्ने प्राय तिनै जागिरे हुन् ।

जातियताको विरोध गर्ने जति पनि गैह्रदलित अभियन्ता छन् प्राय ःति पैसा कमाउने र मालिक वन्ने ध्याउन्नमा हुन्छन् ।? मालिक वन्न नसके जागिर गरेर भएपनि मनग्य पैसा कमाउने ध्याउन्नमा हुन्छन् । महिला हिंसा विरुद्धका जति पनि अभियान्ता छन्, प्राय ः तिनीहरु पनि एउटै हुन् । वालवालिकाविरुद्ध हुने हिंसा विरुद्धका अभियान्ता त झन् भन्नै परेन ।
जस्का विरुद्ध जे जे वोलेपनि, जस्का विरुद्ध जे–जे नारा लगाएपनि, प्रगतिशील भनेपनि, क्रान्तिकारी भने पनि, प्रजातान्त्रिक भनेपनि, धार्मिक भनेपनि अन्तिममा व्यवहार जिरो !
कि त उग्रवाद कि त अन्धवाद !

हरेक धर्म, हरेक परम्परा, हरेक क्षेत्र, हरेक वर्ग, हरेक समाज, हरेक जात–जातिमा र हरेक व्यक्तिमा पनि केहि न केहि कु–संस्कार हुन्छन् नै । उग्रवादीहरु हरेक कुराको विरोध मात्रै गर्छन् । अन्धवादीहरु आफ्नो भन्ने ठानेपछि आचिलाइ र विषलाइ पनि अमृत ठान्छन् । जस्तोसुकै हत्या, हिंसा, लुट, अन्याय भएपनि यो परम्परा हो, सहनु पर्छ, अलिअलि त भइहाल्छ नि ! वाउवाजेले मान्दै आएको कहाँ त्याग्न सकिन्छ ? जतिसुकै नराम्रो भएपनि, अवैज्ञानिक भएपनि मान्दै आएकाले यस्लाइ जोगाउनै पर्छ भन्ने ठान्छन् अन्धवादीहरु ! यो अन्धवाद जुनसुकै धर्मभिरुहरुमा व्याप्त हुन्छ ।
उग्रवादीहरु आफुलाइ मन नपरेपछि, आफ्ना नेताले मन नपारेपछि, जे को र जस्को पनि विरोध गर्छन् । तिनीहरु आफ्नो दिमागले भन्दा पनि अरुले भरिदिएको वुद्धि सँग एकाकार हुन्छन् । लड्न जा भनेर निर्देशन आए, निर्दोष व्यक्ति भन्ने थाहाँ हुँदा हुँदै पनि ती माथि हिंसा गरिदिन्छन् ।

समाजमा व्याप्त महिला माथि गरिने सतहि टिकाटिप्पणी, उनिहरु माथि प्रयोग हुने शव्द, प्रतिकार गर्दा पाउने उपमाहरु, जातजाति माथी गरिने विभेद, कुनै पनि वर्ग र समुदाय माथि गरिने दमन् , सरकारी भ्रष्टाचार र वेथितीलाइ वढुवा र स्विकृति दिने चलन, न यो धर्मराज्य भित्र पर्छ, न यो साम्यवाद भित्र पर्छ ।

फेरि प्रजातान्त्रिक र प्रगतिशील भन्नेहरुको वोलि र व्यवहार पनि उस्तै उस्तै छन् । हैनर ? कसम फरक कहिल्यै देखिनँ ।

प्रगतिशीलले दाइजो पनि वजाएकै छ । श्रीमतीलाइ खुट्टाको पानी पनि खुवाएकै छ । दलितहरु मन्दिर पस्दा पनि कुटेकै हुन्छ । श्रीमतीले कपडा धोइदिइन , चुरा पोते लाइन भन्दै पनि कुटेकै हुन्छ । भान्साको काम आइमाइको हो भन्दै भात खाएको थालमा हात चुठेर, थाल खाएकै ठाउँमा छोड्छ । छोइवारी पनि झन् कडा गरेर वारेकै हुन्छ । यस्ता कुरा त कति छन् कति !

प्रजातान्त्रिकहरुको त यि माथिका सवै अत्याचार परम्परा हुन् । यिनीहरुलाइ जस्ताको तस्तै गरि निरन्तरता दिनुपर्छ भन्ने नै हुन्छ ।
न योगमाया न माक्स !

दुवैको सिद्धान्त पोलेर खानेहरु मुर्दावाद !

अन्त्यमा : धर्मराज्य र साम्यवादका लागि ज्यान दिने सहिदहरु प्रति हार्दिक आभार तथा भावपुर्ण श्रद्धान्जली !

 

वि.सं.२०७८ जेठ १९ बुधवार ०९:०७ मा प्रकाशित

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा वर्षभरिमा कति नेपालीहरु आउंदा होलान ? अनुमान गर्न सक्नु...

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

ट्रेड युनियन  अधिकारका सन्दर्भमा :  वर्तमान सरकार गठन भएको १...

प्रजातन्त्र र मधेसको चेतना : रामजनम तिवारीको अधुरो विमर्श

प्रजातन्त्र र मधेसको चेतना : रामजनम तिवारीको अधुरो विमर्श

रामजनम तिवारी नेपालको मधेसी अधिकार आन्दोलनका आरम्भिक र मौलिक चिन्तकहरूमध्ये...

बौद्ध दर्शन, पुण्यकर्म र निर्वाण प्राप्ती

बौद्ध दर्शन, पुण्यकर्म र निर्वाण प्राप्ती

बुद्धधर्म ज्ञान र ध्यानको धर्म हो । बुद्ध कर्ममाविश्वास गर्छन्...