back
CTIZAN AD

कार्यान्वयन होला सरकार र थारुहट संयुक्त संघर्षबीचको सहमति ?

वि.सं.२०७८ जेठ १९ बुधवार

678 

shares

१९ जेठ, काठमाडौँ । नेपाल सरकार र थारु कल्याणकारिणी सभा थारुहट/थारुवान संयुक्त संघर्ष बीच ६ बुँदे सहमति भएको छ ।

जनता समाजवादी पार्टी(जसपा) नेपालको महन्थ ठाकुर पक्षसँग यसअघि भएको सहमति अनुसार सरकारले मंगलबार ६ बुँदे सहमति गरेको हो ।

थारुहट आन्दोलनका क्रममा टीकापुरमा भएको घटनामा आरोपित धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमाथि लगाइएको सम्पूर्ण मुद्धा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने, उक्त आन्दोलनका क्रममा शहीद भई राहत प्राप्त गर्न छुटेका परिवारलाई राहत उपलब्ध गराउने, शहिद परिवारको उचित व्यवस्थापन गर्ने, घाइतेहरुको उपचार तथा आन्दोलनका क्रममा भएको जनधनका क्षतिको छानविन गरी मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाउने सम्झौतामा उल्लेख छ ।

त्यस्तै राज्यका हरेक तह र तप्काहरुमा थारुहरुको आरक्षणको व्यवस्था, संविधान बमोजिम थारुभाषी बाहुल्य क्षेत्रमा प्राथमिक तहसम्मको शिक्षा मातृभाषामा पठनपाठनको व्यवस्था गर्ने लगायतका छन् ।

मधेस मुद्धा नै आफूहरुको प्रमुख प्राथमिकता भएको भन्दै आएका मधेसवादी दलहरु सत्तामा जानका लागि मधेस मुद्धा छाड्ने र फुट्ने गरेको इतिहास यसपटक पनि दोहोरिएको छ । जसपाको एउटा समूह प्रधानमन्त्री केपी शर्मा ओलीको सत्तामा जान आतुर छ भने अर्को समूह प्रधानमन्त्रीबाट भएको प्रतिनिधिसभा विघटनको विपक्षमा रहेको छ । एकले अर्को पक्षलाई स्पष्टीकरण हुँदै कारवाहीको चरणमा पुगेको जसपा मंगलबार अन्तत फुटको अन्तिम चरणमा पुगेको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहको नेकपा माओवादीसँग ३ बुँदे सम्झौता गरेका थिए । तर अझै पनि उक्त पार्टीका नेता हेमन्त प्रकाश ओली लगायतका बन्दीहरु रिहा नभएको अवस्थामा थारुहटसँग भएको ६ बुँदे सहमति पनि कार्यान्वयन हुनेमा आशंका गरिएको छ ।

यो पनि हेर्नुस्
यसअघि नेकपा एमालले २०७४ साल जेठ ५ गते एक प्रेस वक्तव्य जारी गर्दै टीकापुर घटनालाई आपराधिक घटना भन्दै राजनीतिक आवरण दिई तिनमा संलग्नहरुलाई उन्मुक्ति दिन नहुने बताएको थियो ।

 

 

वि.सं.२०७८ जेठ १९ बुधवार १०:५२ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...