back
CTIZAN AD

रगतको अभाव हुँदा मिर्गौला पीडितलाई डायलासिस गर्न समस्या

वि.सं.२०७८ जेठ १९ बुधवार

549 

shares

१९ जेठ, दमौली । सदरमुकामस्थित दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा रगत अभाव हुँदा मिर्गौला पीडितलाई डायलासिसका लागि समस्या भएको छ ।

कोरोना कहर र निषेधाज्ञाका कारण जिल्लामा रक्तदानका कार्यक्रम नहुँदा रगत अभाव भएकाले डायलासिस गर्नुपर्ने मिर्गौला पीडित मारमा परेका हुन् ।

नियमितरूपमा डायलासिस गराउँदै आएका मिर्गौैला पीडित रगत खोज्न आफै हिँड्नुपर्ने अवस्था आएको छ । मिर्गौला उपचार केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले निषेधाज्ञाका कारण रक्तदान नहुँदा उपचार केन्द्रमा रगत अभाव भएको जानकारी दिए । “पहिला पहिला नियमित रक्तदान हुँदा समस्या हुन्थेन, अहिले रगत अभाव भएपछि समस्या भएको छ”, उनले भने, “मिर्गौला पीडित आफैँले रगत खोज्नुपर्ने अवस्था आएको छ ।”

कतिपय मिर्गौला पीडितले पोखरासम्म पुगेर रगत ल्याउने गरेका छन् भने कतिपयले आफन्त वा चिनेजानेका व्यक्तिलाई रक्तदानका लागि ल्याउने गरेका छन् । “दमौलीमै भएका आफन्त वा साथीभाई आएर पनि रक्तदान गरिदिन्छन् , कोही नपाएको खण्डमा भने पोखरा पुगेरै रगत ल्याउनुपर्ने बाध्यता छ”, उनले भने ।

व्यास नगरपालिका–४ का अब्दुल गफ्फार मियाँले रगत अभाव हुँदा आफूहरुलाई समस्या परेको बताए। “निषेधाज्ञा अगाडि त समस्या थिएन, तर अहिले निषेधाज्ञा भएपछि समस्या पपर्यो”, उनले भने ।

केन्द्रमा हाल दैनिक ६३ जनाले डायलासिस गराइरहेका छन् । विसं २०७२ साल मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलो पटक डायलासिस केन्द्र स्थापना भएको थियो । केन्द्रले हालसम्म २५ हजारभन्दा बढी पटक डायलासिस सेवा प्रदान गरेको छ । केन्द्रमा नौ वटा डायलासिस गराउने उपकरण रहेको छ ।

आकस्मिक रक्तदान

मिर्गौला उपचार केन्द्रमा डायलासिस गराउँदै आएका एक मिर्गौला पीडितलाई रासस दमौली प्रतिनिधिको समन्वयमा रगत उपलब्ध गराइएको छ । रगत अभाव भएको जानकारी गराएपछि रासस प्रतिनिधिको समन्वयमा उनलाई रगत उपलब्ध गराइएको हो ।

व्यास–३ निवासी योगिता श्रेष्ठले मिर्गौला पीडितका लागि रगत उपलब्ध गराएकी छन् । पुण्य कामका लागि रगत दिन पाउँदा आफूलाई पनि खुशी लागेको श्रेष्ठले बताइन् । “रक्तदान जीवनदान हो, सबैले रगत चाहिएकालाई सहयोग गरौँ”, उनले भनिन् ।
रासस

वि.सं.२०७८ जेठ १९ बुधवार १०:५९ मा प्रकाशित

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण...

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

दमौली (तनहुँ) । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा...

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

गण्डकी । कास्कीको मादी गाउँपालिकाका शिक्षकहरूलाई सञ्चार तथा सूचना प्रविधिसम्बन्धी...

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

गण्डकी । ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्त्व बोकेको गुप्तेश्वर गुफाले...