back
CTIZAN AD

शंकर पोखरेललाई कांग्रेसले भन्यो : कि विश्वासको मत लेऊ कि राजीनामा देऊ !

वि.सं.२०७८ जेठ १९ बुधवार

735 

shares

जेठ १९, काठमाडौं । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेको छ । कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक फखरुद्दिन खानले प्रदेशसभामा अल्पमतमा देखिएका मुख्यमन्त्रीलाई विश्वासको मत लिन वा राजीनामा दिन माग गरे ।

बुधबारको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उनले जालझेल गरेर सत्तामा नबस्न चेतावनी दिए । पोखरेल संविधानको कुन धाराअन्तर्गत मुख्यमन्त्री बनेको हो स्पष्ट पार्न पनि खानको माग छ ।

‘आज ३० दिन पुगेको छ । कि उहाँले विश्वासको मत लिनुपर्छ । नभए उहाँले अविलम्ब राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ,’ उनले भने ।

संविधानको धारा १६८ को १ अनुसार मुख्यमन्त्रीमा नियुक्ती भएको भने पनि सो धाराअनुसार नियुक्ती भएजस्तो नदेखिएको उनको भनाई छ ।

मुख्यमन्त्री पोखरेलको नियुक्ती शुरुदेखि नै विवादमा छ । बहुमत भए नभएको स्पष्ट नै नभई प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्रीमा नियुक्ती गरेका थिए । जसको विपक्षी गठबन्धनले निरन्तर विरोध गर्दै आएका छन् ।

 

वि.सं.२०७८ जेठ १९ बुधवार १५:२९ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...