back
CTIZAN AD

ढुंगा गिटी, बालुवा निकासी गर्ने बजेटको घोषणा राष्ट्रघाती-जसपा

वि.सं.२०७८ जेठ १९ बुधवार

981 

shares

१९ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले ढुंगा गिटी, बालुवा निकासी गरेर व्यापार घाटा न्युनिकरण गरिने भन्दै गरिएको बजेट घोषणा राष्ट्रघाती भएको भन्दै आपत्ति जनाएको छ ।

जसपाले सरकारको यस्तो निर्णयले तराई मधेशलाई मरभूमिमा परिणत गर्ने र जसको मूल्य त्यहाँका बासिन्दाले चुकाउनु पर्ने भन्दै तराई मधेशलाई मरभूमिकरण हुने कार्यबाट जोगाउन र त्यहाँका जनताले आफ्नो जीवन रक्षाका लागि संघर्ष गर्न बाध्य हुनुपर्ने बताएको छ ।

‘हालै सरकारले अध्यादेशमार्फत् आगामी आर्थिक वर्षको लागि आएको बजेट वक्तव्यमा खानीजन्य ढुंगा, गिटी, वालुवा निर्यात अथावा निकासी गरी व्यापार घाटा न्यूनिकरण गरिनेछ र निजी क्षेत्रको संलग्नतामा चुरे क्षेत्रमा बसोबास गराउने, वन विनास गरी होटल, मोटल, रिर्सोट आदि खोल्ने भनिएकोमा यसप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ पार्टीका अध्यक्ष उपेन्द्र यादवद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यस नीति, कार्यक्रम र योजना वातावरणीय हिसावले घातक रहेको छ । यसबाट नवधनाढ्य देखि व्यवसायीलाई त फाइदा होला नै तर यसबाट सबैभन्दा बढी प्रभाव चुरेको संवेदनशील क्षेत्रमा नै पर्ने र त्यसले तराई÷मधेशमा बसोबास गर्ने जनताले चुकाउनुपर्नेछ ।’

Image

वि.सं.२०७८ जेठ १९ बुधवार १५:३० मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...