back

ढुंगा गिटी, बालुवा निकासी गर्ने बजेटको घोषणा राष्ट्रघाती-जसपा

वि.सं.२०७८ जेठ १९ बुधवार

465 

shares
GLOBAL IME AD
NTC AD

१९ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले ढुंगा गिटी, बालुवा निकासी गरेर व्यापार घाटा न्युनिकरण गरिने भन्दै गरिएको बजेट घोषणा राष्ट्रघाती भएको भन्दै आपत्ति जनाएको छ ।

जसपाले सरकारको यस्तो निर्णयले तराई मधेशलाई मरभूमिमा परिणत गर्ने र जसको मूल्य त्यहाँका बासिन्दाले चुकाउनु पर्ने भन्दै तराई मधेशलाई मरभूमिकरण हुने कार्यबाट जोगाउन र त्यहाँका जनताले आफ्नो जीवन रक्षाका लागि संघर्ष गर्न बाध्य हुनुपर्ने बताएको छ ।

‘हालै सरकारले अध्यादेशमार्फत् आगामी आर्थिक वर्षको लागि आएको बजेट वक्तव्यमा खानीजन्य ढुंगा, गिटी, वालुवा निर्यात अथावा निकासी गरी व्यापार घाटा न्यूनिकरण गरिनेछ र निजी क्षेत्रको संलग्नतामा चुरे क्षेत्रमा बसोबास गराउने, वन विनास गरी होटल, मोटल, रिर्सोट आदि खोल्ने भनिएकोमा यसप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ पार्टीका अध्यक्ष उपेन्द्र यादवद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यस नीति, कार्यक्रम र योजना वातावरणीय हिसावले घातक रहेको छ । यसबाट नवधनाढ्य देखि व्यवसायीलाई त फाइदा होला नै तर यसबाट सबैभन्दा बढी प्रभाव चुरेको संवेदनशील क्षेत्रमा नै पर्ने र त्यसले तराई÷मधेशमा बसोबास गर्ने जनताले चुकाउनुपर्नेछ ।’

Image

वि.सं.२०७८ जेठ १९ बुधवार १५:३० मा प्रकाशित

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

देउखुरी (दाङ) । यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम घाँसले...

चुरोट सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात

चुरोट सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात

काठमाडौँ । सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघातको सम्भावना...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज...

देवचुलीमा २७ सय बढी किशोरीलाई एच.पी.भी खोप दिइने

देवचुलीमा २७ सय बढी किशोरीलाई एच.पी.भी खोप दिइने

नवलपुर । देवचुली नगरपालिकामा २७ सय ६० किशोरीहरू एच.पी.भी खोप...

घाँसखेतीले पशुपालक किसानलाई सहज

घाँसखेतीले पशुपालक किसानलाई सहज

रञ्जिता अधिकारी/देउखुरी (दाङ) । यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम...

विधेयकबारे सभामुख र सत्तापक्ष दलका प्रमुख सचेतकबीच छलफल

विधेयकबारे सभामुख र सत्तापक्ष दलका प्रमुख सचेतकबीच छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रियसभाबाट पास भइ प्रतिनिधिसभामा आएका...